२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • देशलाई जनघातबाट बचाउँन राता मान्छे जनताले...
--3681

देशलाई जनघातबाट बचाउँन राता मान्छे जनताले रोचेका छन् :सेक्रेटरी घर्ती

देशलाई जनघातबाट बचाउँन राता मान्छे जनताले रोचेका छन् :सेक्रेटरी घर्ती

बुधवार, फाल्गुण ४ २०७८
बुधवार, फाल्गुण ४ २०७८



  • अनिल नेपाली,अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रिय कार्यक्रम अनुसार आज देशभरी नेपाल बन्दको को आयोजना गरेको थियो जसका कारण अर्घाखाँचीमा पनि  बन्दको प्रभाब परेको थियो।

    बन्द पछि साँझ भएको कोणसभालाई सम्बोधन गदै जिल्ला सेक्रेटरी खेम घर्ती मगरले राष्ट्रिय स्वाधीनताकोे पक्षमा सबै एकजुट भएर नेपाललाई बचाउनुपर्ने बेला आएको बताउँदै ससदवादी राजनितिक दलका नेताले नेपाली जनतामाथि राष्ट्रघाती एमसिसि सम्झौता गरेर  ठुलो जनघातका  काम गरेको बताउँदै मुलुक वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा राष्ट्रिबादी मानिएका केपी शर्मा ओली प्रचण्ड बाबुराम माधब नेपाल बाट सम्भब नरहेको बताउदै देशलाई बचाउनको लागि अब क्रान्तिकारी राता मान्छेहरु आबश्यकता  रहेको बताएका थिए ।

    नेता घर्तीले राष्ट्रिय स्वाधीनताको पक्षमा आन्दोलन गर्न राता मान्छे जनताले रोचेको बताउँदै जनताको मागको नेतृत्व गदै आफुहरु अगाडि बढ्ने बताए । आफ्नो बन्दलाई सफल बनाउनको लागि सहयोग गर्ने स्वाभीमानी देशभक्त जनता उधोगी व्यापारी यातायात व्यबसायी बृद्धिजिवी लगायतलाई धन्यबाद दिए ।

     कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रिय सदस्य नविन खड्काले जब मुलुकमा राष्ट्रघात र जनघातका कामहरु बढ्दै जान्छन् ती बेला राता मान्छेहरु जुरुक जुरुक्क उठ्ने बताउँदै अर्घाखाँची जिल्लामा रहेका सासदले राष्ट्रघाती एमसिसीका पक्षमा मतदान गरे हात खु«ट्टा भाचेर जिल्ला बाट लेखेट्नुपर्ने बताए ।

    कार्यक्रममा नेकपा नेता कार्यकर्ताले एमसिसिको विरोधमा नारा बाजी समेत गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij