२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी) द्वारा त्रिभुवन विश्वविधालयमा ५...
--3447

अखिल (क्रान्तिकारी) द्वारा त्रिभुवन विश्वविधालयमा ५ बुदे मागपत्र पेश

अखिल (क्रान्तिकारी) द्वारा त्रिभुवन विश्वविधालयमा ५ बुदे मागपत्र पेश

मंगलवार, माघ ११ २०७८
मंगलवार, माघ ११ २०७८
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले त्रिभुवन बिश्वबिधालयमा विभिन्न ५ बुदे माग पत्र पेश गरेको छ।

    पछिल्लो समय त्रिभुवन विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालय संग सम्बन्धित विभिन्न बिषय हरुले विद्यार्थीहरुको शैक्षिक गुणस्तर,परिक्षा समय र तालिका ,नतिजा प्रकाशन लगायतका विभिन्न समस्या झेलिरहेको र सो को सुधारको अत्यन्तै जरुरी रहेको र उक्त विषयले संगठनको गम्भीर ध्यानाकर्षण गरेको भन्दै अखिल (क्रान्तिकारी) परिक्षा नियन्त्रक पुष्पराज जोशीलाई माग पत्र पेश गरेको जनाएको छ।

    माग पत्रमा भौतिक उपस्थितिमा भैरहेको पठनपाठन र परिक्षा कोभिड महामारीका कारण त्रि वि ले स्थगित गरेकाले विद्यार्थीको पढाई र परिक्षा नियमित सुरु गर्न तथा शैक्षिक सत्र प्रभावित हुन नदिनको लागी तत्काल बैकल्पिक योजना निर्माण गर्नुपर्ने,स्नातक तहका विद्यार्थीले परिक्षा दिएको करिब एक बर्ष पुगिसक्दा पनि त्रि.वि परिक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशन नगरेकाले तत्काल नतिजा प्रकाशन गर्नुपर्ने, त्रि.वि का केहि बिषयहरु नेपाली माध्यमबाट पठनपाठन हुने र विद्यार्थीले नेपाली माध्यम बाटै परिक्षामा उत्तर लेख्नु पर्ने तर त्रि.वि ले प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी भाषा बाट तयार गर्ने भएकाले भाषागत समस्याका कारण प्रश्न नबुझेर उत्तर दिन विद्यार्थी हरुलाइ कठिनाइ भैरहेकाले नेपाली माध्यम बाट पठनपाठन हुने विषयहरूको प्रश्नपत्रमा अङ्ग्रेजी र नेपाली दुबै माध्यम बाट राख्नुपर्ने,हाल देशै भरी बाट ट्रान्सकिप्ट तथा अन्य कागजात लिनको लागी परिक्षा नियन्त्रण कार्यालय बल्खु आउनु पर्ने र विद्यार्थीहरुले विभिन्न कठिनाइहरु बेहोर्नु पर्ने भएकाले क्षेत्रीय परिक्षा नियन्त्रण कार्यालयहरु तथा सबै प्रदेश बाट ट्रान्सकिप्ट तथा अन्य कागजात हरु निकाल्ने व्यवस्था गर्नुपर्ने, मौका परिक्षा दिई उतिर्ण हुने विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रमा उक्त बिषय पास गरिसके पछि पनि जति परिक्षा दियो त्यति वटा स्टार चिन्ह राख्ने व्यवस्था तत्काल खारेज गर्नुपर्ने लगाएतका माग रहेका छन।


    माग पत्रको जवाफ दिदै परिक्षा नियन्त्रक पुष्पराज जोशीले मागहरू अत्यन्तै जायज आवस्यक भएको भन्दै यी मागहरू पुरा गर्न आफू लागिपर्ने बताए ।साथै उनले परिक्षा नियन्त्रण कार्यालयमा जनशक्ति अभावका कारण यी समस्याहरु निम्तिएको समेत बताएका थिए।


    शैक्षिक सत्र प्रभावित हुन नदिनको निम्ति आफू विभिन्न विकल्प हरु अपनाउन योजना निर्माण गरिरहेको बताए ।

    रिजल्ट प्रकाशनमा जनशक्तिकै कारण समस्या रहेको भन्दै जनशक्ति थप गरेर त्रि वि को क्यालेन्डर अनुसार ३/३ महिनामा प्रकाशनको निम्ति तयारी थाल्ने ,BA र BBS दोस्रो बर्षको नतिजा यहि माघ अन्तिम सम्म प्रकाशन गर्ने तथा BBS तेस्रो बर्षको नतिजा २/३ दिन भित्रै प्रकाशन गर्ने बताए साथै नेपाली माध्यम बाट पठनपाठन हुने बिषय हरुको प्रश्नपत्र नेपाली र अङ्ग्रेजी दुबै माध्यम बाट राख्न प्रागिक परिषद् मा छलफलका लागि लैजाने तथा ट्रान्सक्रीप्ट अन्य कागजात सबै क्षेत्रीय कार्यालयहरु बाट वितरण गर्ने गरि तयारी थाल्ने प्रतिबद्धता व्यक्त गरे,शैक्षिक प्रमाण पत्रमा मौका विषय पास गरिसकेपछि पनि जति पटक परिक्षा दियो त्यति पटक स्टार चिन्ह राखेको र हटाउनु पर्ने विषयमा नियन्त्रक जोशीले सेमेस्टरको हकमा हटाइसकेको र बाकी बार्षिक प्रणालीको पनि हटाउने प्रतिबद्धता व्यक्त गरेको अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य एवम् त्रिभुवन विश्वविद्यालय इन्चार्ज अनिले के सी ले जानकारी दिएका छन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij