२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • रसुवा भन्सार कार्यालयले गर्‍यो ४ अर्ब...
--3443

रसुवा भन्सार कार्यालयले गर्‍यो ४ अर्ब ३३ राजस्व संकलन

रसुवा भन्सार कार्यालयले गर्‍यो ४ अर्ब ३३ राजस्व संकलन

मंगलवार, माघ ११ २०७८
मंगलवार, माघ ११ २०७८
  • रसुवा– रसुवा भन्सार कार्यालय टिमुरेबाट ४ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्यांकनबाट उक्त राजस्व संकलन भएको हो। सो अवधिमा उक्त नाकाबाट निर्यात भने शुन्य रहेको छ।

    प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार छ महिनाको अवधिमा ४ अर्ब ३३ करोड ४५ लाख नौ हजार रुपैयाँ संकलन भएको छ। व्यापारी, व्यवसायी र निजी कम्पनीमार्फत आयात गरिएका सामग्रीमा लाग्ने शुल्कवापतको राजस्व असुली भएको हो।

    दुई आर्थिक वर्षको राजस्व असुली तुलनात्मकरुपमा हेर्दा यस वर्ष झण्डै साढे दुई गुणाले बढेको छ। गत वर्षको यस अवधिमा १ अर्ब ७२ करोड २४ लाख दुई हजार रुपैयाँमात्र असुली भएको थियो।

    साना–ठूला सबै प्रकारका सवारीसाधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोशाक, जुत्ताचप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्रीजस्ता विविध सामग्री आयात भइरहेको भन्सार कार्यालय टिमुरेले जनाएको छ।

    यस वर्षको वार्षिक असुली लक्ष्य भने ६ अर्ब ८१ करोड ११ लाख रुपैयाँ रहेको छ। सवारीसाधन बढी मात्रामा आयात हुन थालेसँगै राजस्वमा वृद्धि हुन थालेको हो। गत वर्षदेखि हालसम्म जुमक्रेन, टिपर, एम्बुलेन्स, माइक्रोबस, मिनीबस, जीप तथा कारसमेतका एक हजारभन्दा बढी सवारी आयात भइसकेको भन्सारको तथ्यांक छ।

    कोभिड संक्रमण सुरु भएपछि चिनियाँ पक्षले दैनिक नौवटा कन्टेनरमार्फत रसुवागढीको मितेरी पुल छेउमा सामान पु-याउने गरेको छ। कोरोना संक्रमण नियन्त्रणका लागि सामान पल्टी गर्दा क्वारेन्टिनमा राखिएका कामदार मात्र मितेरी पुलमा परिचालन गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij