२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • काँग्रेस रुपन्देहीका सभापति खाँणले गरे तिनाउ...
--3440

काँग्रेस रुपन्देहीका सभापति खाँणले गरे तिनाउ प्रभावित क्षेत्रको अवलोकन

काँग्रेस रुपन्देहीका सभापति खाँणले गरे तिनाउ प्रभावित क्षेत्रको अवलोकन

सोमवार, माघ १० २०७८
सोमवार, माघ १० २०७८
  • बुटवल । नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले तिनाउ नदि कटान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । जिल्ला सभापति खाँणले तिनाउ नदि कटान प्रभावित क्षेत्रमा स्थलगत अवलोकन गर्नुको साथै प्रभावित व्यक्तिहरुलाई भेटघाट गरेर समस्याको बारेमा जानकारी लिनुभएको हो ।

    अवलोकनका क्रममा काँग्रेस रुपन्देहीका सभापति खाँणले तिनाउ कटान प्रभावितहरुलाई सम्बोधन गर्दै वर्षा अगाडि नै समस्या समाधान गर्ने गरि पहल गरिरहेको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो–‘तिनाउ नदिले कटान गरेर प्रभावित भएका व्यक्तिको समस्या समाधान गर्नेगरी हामीहरुले प्रयास गरिरहेका छौं, वर्षा अगाडि नै तटबन्धनको काम गर्न सकियो भने प्रभावितलाई राहत पनि हुने र थप क्षेती पनि नहोस भन्ने हाम्रो चाहना छ ।’

    काँग्रेस रुपन्देहीका सभापति खाँण सहित युवा नेता नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, जनताको तटबन्ध कार्यालय बुटवलका निर्देशक ईश्वरी तिवारी, स्थानीय भिमप्रसाद सापकोटा सहितको टोलीले बुटवल उपमहानगरपालिकामा पर्ने नदि कटान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij