२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • नेकपा जनसेवामा, खोलामा ह्युमपाइप...
--3435

नेकपा जनसेवामा, खोलामा ह्युमपाइप राखी सडक सञ्चालन

नेकपा जनसेवामा, खोलामा ह्युमपाइप राखी सडक सञ्चालन

सोमवार, माघ १० २०७८
सोमवार, माघ १० २०७८
  • उदयपुर : नेकपा उदयपुरले कटारी नगरपालिकाको वडा न. ६ र ७ जोड्ने वैधनाथ खोलामा ह्युम पाइप लगाएर करिब १०० मिटरबराबरको आवतजावत गर्ने बाटो बनाएको छ ।

    बर्सौंदेखि खोलाका कारण आवतजावतमा सास्ती खेपिरहेका ६ र ७ नं. वडाबासी बाटो बनेपछि खुसी भएका छन् । दिनहुँजसो हजारौँ मानिस आवतजावत गर्ने खोलाको बाटोमा कसैको ध्यान नपुगिरहेको अवस्थामा नेकपा उदयपुरले बाटो बनाएका कारण हिँड्न सजिलो भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

    स्थानीय बासिन्दाको भनाइ उद्धरण गर्दै हाम्रा संवाददाता भन्छन्, ‘हामीले थुप्रै नेतालाई जिताएर पठायौँ । माननीय बनायौँ तर भोलिपल्टदेखि फर्केर आएनन् ।’

    सयौँपटक सम्बन्धित निकायलाई गुहार्दा पनि काम नभएको तर यो काम देखेपछि जनताको काम गर्ने पार्टी पनि रहेछ भन्ने अनुभूति भएको स्थानीय बासिन्दाले बताए । उक्त निर्माणकार्यमा नेकपाका जिल्ला सेक्रेटरीसहित २५ जना नेता–कार्यकर्ता प्रत्यक्ष खटिरहेका छन् ।

    जिल्ला सेक्रेटरी लक्ष्मण पौड्याल आफूहरू अभियानका क्रममा आउँदा खोलामा आवतजावतमा समस्या भोग्नुपरेको र दिनहुँ आवतजावत गर्ने जनतालाई सहज बनाउन सडक निर्माण गरिएको बताउँछन् ।

    पौड्यालले स्थानीय सरकार भनाउनहरूसँग पर्याप्त स्रोतसाधन भएर पनि योजना नभएकाले जनताले दुःख पाइरहेको बताए ।

    आफूहरू सहयोगीसमक्ष पैसा नभई आवश्यक सामग्री र स्काभेटर, टिफर, ह्युमपाइपलगायत साधन र स्रोत जुटाएर काम थालेको स्मरण गराउँदै उनले उक्त सहयोगप्रति वडाबासीका तर्फबाट धन्यवाद पनि दिए । पार्टीको अभियान जारी रहने उनले बताए ।

    पार्टी जिल्ला कार्यालय सचिब दुर्गा तामाङले जनताको पार्टी भएकाले नेकपाले जनताका दुःखसुखमा साथ दिने बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij