२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
--3433

माघे झरीले जनजीवन प्रभावित

माघे झरीले जनजीवन प्रभावित

सोमवार, माघ १० २०७८
सोमवार, माघ १० २०७८
  • बुटवल । माघको ठन्डी, त्यसमाथि वर्षा ! हिमाली भेगमा हिउँ बर्षिएका छन् । केहीदिनदेखि मौसम चिसो छ । पहाडी जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, म्याग्दी, प्युठानलगायतका जिल्लाहरुमा पानी आइतबार साँझदेखि झरी परिरहेको छ । हिजोदेखि लगातारको झरीले सबैतिरको जनजीवन प्रभावित बनेको छ । 

    बुटवलका सडकमा गाडी पातलिए, मानिसहरुको गतिविधि पनि खुम्चियो । वाध्यताबाहेक कोही पनि यो चिसोमा बाहिर निस्किने कुरै रहेन । कोभिडको ग्राफ बढेसँगै चिसोले बृद्धवृद्धा, दीर्घरोगी, बालबालिकालाई स्वास्थ्य जोखिम बढेको छ । 

    हिउँदमा पानी पर्दा बालीनालीका लागि निक्कै राम्रो हुने गर्छ । तर, जनजीवन चाहिँ पूरे कष्टकर । माघे झरी’ शब्द प्रचलनमा रहेपनि झरीले जनजीवन प्रभावित पारेको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij