डडेल्धुरा : जिल्लाको प्रहरी चौकी आलितालद्धारा अबैध मदिरा नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय जोगबुढा मातहतमा रहेको प्रहरी चौकी आलितालबाट खटिएको प्रहरी गस्ती टोलीले मदिरा बरामद गरि नष्ट गरेको बताइएको छ ।
आलिताल गाउँपालिका वार्ड नं ८ गोदाम बजार बाट गाउँ पालिका जाने सुनखोला पक्कि पुल नजिक बाट मदिरा बरामद गरेको हो । प्रहरी चौकी आलितालबाट खटिएको प्रहरी गस्ती टोलीले संकास्पद दुइ ब्यक्तिको झोला चेकजाँच गर्दा झोलामै लुकाइ छिपाइ लैजादैगरेको अवस्थामा ३२ लिटर मदिरा फेला पारी बरामद गरी स्थानीय मानिस र जनप्रतिनिधिहरुको रहोबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।
उक्त मदिरा आलिताल गाउँपालिका वार्ड नं ८ बाट आलितालकै वार्ड नं ५ को भित्रीसैन भन्ने ठाउँमा लगिदै गर्दा बरामद भएको प्रहरीले जनाएको छ ।
