२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • नेकपा अर्घाखाँचीद्वारा अबैध ढुंगागिट्टी, बालुवा बोकेको...
--3425

नेकपा अर्घाखाँचीद्वारा अबैध ढुंगागिट्टी, बालुवा बोकेको ट्याक्टर नियन्त्रणमा

नेकपा अर्घाखाँचीद्वारा अबैध ढुंगागिट्टी, बालुवा बोकेको ट्याक्टर नियन्त्रणमा

आइतवार, माघ ९ २०७८
आइतवार, माघ ९ २०७८
  • सन्धिखर्क । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ रूप्दीबाट १ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । नेकपाले  रूप्दीबाट अवैध रूपमा ढुङ्गा गिट्टी,बालुवा विक्री बितरण गरेको भन्दै १ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । 

    रूप्दीबाट १ वटा ट्याक्टर नियन्त्रणमा लिएको भन्दै विद्यार्थी नेता नवीन खड्काले बताए । अवैध रूपमा जिल्लामा ढुङ्गा, गिट्टी, बालुवाकाे विक्री बितरण भएको र अनुगमन गर्दा ओभर-लोड काठ, ओभर- लोड खानीका ढुङ्गा बोक्ने सवारी साधानहरुको निरन्तर रुपमा नियमित अनुगमन गरेको बताउदै नियम बिपरित काम गर्ने जाेकाेहीलाई पनि कारबाही गरिने भनी नेता खड्काले बताए ।

    नेकपाका जिल्ला सेक्रेटरी खेम घर्तीले नदिनाला सबैकाे सम्पति भएकोले अबैध काराेबार गरेर जनता ठग्ने जाेकाेहीलाई पनि कानुनी दायरामा लिएर कारबाहीव गरिने बताउदै निर्माण व्यबसायीले मापदण्ड अनुसार काम गर्न निदेंशन समेत दिनु भएको थियोे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij