२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
  • समाचार
  • कान्ति माविमा निर्वाचन : रामकृष्ण शर्मासहित...
कान्ति मावि, व्यवस्थापन समिति निर्वाचन

कान्ति माविमा निर्वाचन : रामकृष्ण शर्मासहित उम्मेदवार विजयी

कान्ति माविमा निर्वाचन : रामकृष्ण शर्मासहित उम्मेदवार विजयी

बुटवलमा रहेको प्रतिष्ठित सामुदायिक विद्यालय कान्ति माविमा एकबर्षपछि विद्यालय व्यवस्थापन समितिको निर्वाचन भएको छ । चार हजार अभिभावक मतदाता रहेको विद्यालयमा चार पदका लागी १६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेमा सामाजिक व्यक्तित्व रामकृष्ण शर्मा, मित्र गिरी, कमला पन्थी, संगीता पोखरेल विजयी भएका छन् ।

आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • रुपन्देही । बुटवलमा रहेको प्रतिष्ठित सामुदायिक विद्यालय कान्ति माविमा एकबर्षपछि विद्यालय व्यवस्थापन समितिको निर्वाचन भएको छ । चार हजार अभिभावक मतदाता रहेको विद्यालयमा चार पदका लागी १६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेमा सामाजिक व्यक्तित्व रामकृष्ण शर्मा, मित्र गिरी, कमला पन्थी, संगीता पोखरेल विजयी भएका छन् । 

    रामकृष्ण शर्मा पर्वत रुपन्देही सेवा समाजका अध्यक्ष, सामाजिक रुपान्तरण नेपालका अध्यक्ष, जनबाटो मिडिया प्रालिका अध्यक्ष, सिरसिरे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, निड नेपालका संचालक, रुपन्देही डेरी व्यवसायी समितिका निवर्तमान अध्यक्षलगायत दर्जनौं संघसंस्थामा आबद्ध रहेका छन् । गिरी, पन्थी र पोखरेल पनि विभिन्न सामाजिक संघसंस्थाहरुमा आबद्ध रहेका छन् । 

    516450879_4960358530856811_1129653745064615004_n.jpg
    foto : janabato

    निर्वाचन अधिकृत झविन्द्र भुसालका अनुसार ३ हजार ९७७ जना मतदाता रहेको कान्ति माविमा ११४२ मत खसेको थियो भने ५ हजार ७ सय विद्यार्थी रहेको विद्यालयमा एक अभिभावकले एक मताधिकार पाउने गरी निर्वाचन गराइएको थियो ।
    प्राप्त परिणाम अनुसार खुल्लातर्फका जनपक्षीय उम्मेदवार रामकृष्ण शर्माले ५१४ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यसैगरी खुल्ला तर्फबाटै मित्र गिरीले ४८१ मत, कमला पन्थीले  ५८८ मत र संगीता पोखरेलले ५०१ मत प्राप्त गरेर विजयी भएका छन् ।
    खुल्लातर्फ शिवप्रसाद आचार्यले ३५५ मत, हुमनाथ पाण्डेले ३४५ मत, महिलातर्फ राधिका पन्थीले ३८३ र गीता अर्याल पन्तले २४६ मत पाएका छन् । 

    २०८१ वैशाख पहिलो साता नै व्यवस्थापन समितिको समय सकिए पनि दलहरुबीच भागवण्डा नमिलेपछि १ वर्ष ढिलो गरी निर्वाचनद्वारा समिति चयन गरिएको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij