२०८३, आश्विन ८ गते

Sep 24 2026

Logo

२०८३, आश्विन ८ गते | Sep 24 2026

images
मौसम

निरन्तर झरी, पूर्वदेखि पश्चिमतिर सर्दै

निरन्तर झरी, पूर्वदेखि पश्चिमतिर सर्दै

नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले देशभर वर्षा भइरहेको छ ।

शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • ११ असोज, बुटवल। आज लगातार झरी पर्ने मौसमविदले बताएका छन् । भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान छ ।

    नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले देशभर वर्षा भइरहेको छ । त्यसको प्रभावले आइतबारसम्म सिमसिमदेखि भिषण वर्षासम्म हुनसक्ने प्रक्षेपण गरिएको छ ।

    यस क्रममा केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले त्यसबाट हुन सक्ने विपदबाट जोखिन देशभर नै उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

    अहिले गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जालगायत देशैभर पानी परिरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij