२०८३, श्रावण १३ गते

Jul 29 2026

Logo

२०८३, श्रावण १३ गते | Jul 29 2026

images
--3552

हिउँ बर्षात् रोकियो, आज देशभर घाम लाग्ने सम्भावना

हिउँ बर्षात् रोकियो, आज देशभर घाम लाग्ने सम्भावना

आइतवार, माघ २३ २०७८
आइतवार, माघ २३ २०७८
  • बुटवल । आज (आइतबार) मौसस सुधार भएर देशभरजसो घाम लाग्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। बिहान मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाले दिएको जानकारीअनुसार आज देशभर कतै वर्षा–हिमपातको सम्भावना देखिएको छैन।

    ‘आज दिउँसो घाम लाग्छ’, उनले भने, ‘भोलि आंशिक बदली र उच्च हिमाली तथा पहाडी भेगमा कतै कतै हिमपात हुने देखिएको छ।’ मौसमविद् सापकोटाका अनुसार काठमाडौं उपत्यकामा भने आज पनि आंशिक बदलीको सम्भावना देखिएको छ। ‘तर आंशिक बदली भनेको थोरै बादल देखिने हो’, उनले भने, ‘दिनभर घाम नलागे पनि कहिले घाम कहिले बादल हुने देखिन्छ।’

    उनका अनुसार आज बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस छ। केही दिनयता देशभर हिमपात र वर्षा भइरहेको थियो। मौसमविद्का अनुसार शनिबार रातिदेखि मौसम सुधार हुँदै गएको हो। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार मंगलबारसम्मको मौसम अनुमान यस्तो छ–

    माघ २३ गते आइतबार (आज)
    दिउँसो : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  

    राति : प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    माघ २४ गते  सोमबार
    दिउँसो  : प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।​

    राति : प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ। देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।​

    माघ २५ गते मंगलबार
    दिउँसो : प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।​

    राति : प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    देशका तराई भूभागमा हुसु/कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

    (नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले त्यस दिनको बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ।)

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij