२०८३, मंसिर १२ गते

Nov 27 2026

Logo

२०८३, मंसिर १२ गते | Nov 27 2026

images
  • समाचार
  • मनको शान्तिबाटै सुरु हुन्छ विश्व शान्तिको...
News

मनको शान्तिबाटै सुरु हुन्छ विश्व शान्तिको यात्रा : डा. विकासानन्द

मनको शान्तिबाटै सुरु हुन्छ विश्व शान्तिको यात्रा : डा. विकासानन्द

‘मानव शान्तिका लागि विकासानन्दको भूमिका महत्त्वपूर्ण छ’ : अध्यक्ष पौडेल

बिहिवार, मंसिर ११ २०८३
बिहिवार, मंसिर ११ २०८३
  • बुटवल । मानिसले अरूलाई शान्ति र खुसी दिनुअघि आफ्नै मनलाई शान्त बनाउन आवश्यक रहेको आध्यात्मिक गुरु डा. योगी विकासानन्दले बताउनुभएको छ।

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बिहीबार आयोजित उद्योगी व्यवसायीहरूका लागि तनाव व्यवस्थापनसम्बन्धी योग, ध्यान तथा ज्ञान प्रवचन कार्यक्रममा बोल्दै उहाँले अशान्त मनले परिवार र समाजमा शान्ति कायम गर्न नसक्ने बताउनुभयो। त्यसैले शान्त र आनन्दित जीवनका लागि सर्वप्रथम आफ्नै मनलाई बुझ्न र व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो।

    मनोक्रान्ति विश्व शान्ति ध्यानमय पदयात्राका क्रममा बुटवल आइपुगेको टोलीलाई संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलसहितको टोलीले स्वागत गरेको थियो। त्यस अवसरमा डा. विकासानन्दले ध्यानलाई केवल एकै ठाउँमा बसेर गरिने अभ्यासका रूपमा मात्र नभई दैनिक जीवनका क्रियाकलापसँग जोड्न सकिने विधिका रूपमा व्याख्या गर्नुभयो।

    उहाँले हिँडाइका प्रत्येक पाइलालाई सचेतनासँग जोडेर गरिने ‘चक्रमन ध्यान’ले मानिसलाई मानसिक रूपमा शान्त र आनन्दित बनाउन सहयोग गर्ने बताउनुभयो। विचारको चञ्चलता घटाउँदै मनलाई स्थिर बनाउने अभ्यास नै ध्यानको मूल मर्म भएको उहाँले उल्लेख गर्नुभयो।

    कार्यक्रममा संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलले मानव जीवनमा शान्ति र सकारात्मक सोचको महत्त्व रहेको उल्लेख गर्दै डा. विकासानन्दको प्रवचनबाट उद्योगी व्यवसायीले तनाव व्यवस्थापनका विषयमा उपयोगी ज्ञान प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो। मानव शान्तिका लागि डा. विकासानन्दको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उहाँले संघमा यस्तो प्रवचन कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो।

    कार्यक्रममा गुरुआमा कमलेश्वर आनन्द, संघका पूर्वअध्यक्ष, सल्लाहकार, उद्योगी व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संघका महासचिव वसन्त ढकालले गर्नुभएको थियो।

     

    विकासानन्द फाउन्डेसन विश्व परिवार, गण्डकी प्रदेशको आयोजनामा मंसिर ३ गते पोखरास्थित इको स्पिरिचुअल योग आश्रमबाट सुरु भएको पदयात्रामा नौ महिने ध्यान साधना शिविरमा सहभागी साधकसहित ३६ जनाको टोली सहभागी छन्। पोखराबाट सुरु भएको यात्रा लुम्बिनी पुगेर समापन गरिने आयोजकले जनाएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij