जनपत्रकार संगठन डडेल्धुराद्वारा पत्रकार महासंघलाई ५ बुँदे ज्ञापनपत्र पेश

जनपत्रकार संगठन डडेल्धुराद्वारा पत्रकार महासंघलाई ५ बुँदे ज्ञापनपत्र पेश

मनोज रावत,डडेल्धुरा । जनपत्रकार संगठन नेपाल,जिल्ला समिति डडेल्धुराले मर्यादित र जिम्मेवार बन्न अपिल गर्दै विभिन्न मागहरु राखी नेपाल पत्रकार महासंघ शाखा डडेल्धुरालाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ । महासंघ शाखा डडेल्धुराका अध्यक्ष हिम्मत  सिंह ठकुरीले महासंघको हितमा रहेका जायज मागहरुलाई सम्बोधन गर्न संस्थागत रुपमा पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

संगठनले निम्नानुसार मागहरु राखेको छ ।

१) श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक,पेसागत सुरक्षा र स्थायित्व लाई सुनिश्चित गर्न ठोस पहल गरियोस् साथै कोभिड १९ का कारण रोजगार गुमाएका सञ्चारकर्मी को पुनर्स्थापन,राहत र स्वास्थ्य उपचारको लागि पहल गरियोस् ।

 २) महासंघका सदस्यहरूको शुद्धीकरण गरी महासंघलाई मर्यादित र जिम्मेवार बनाइयोस् । पत्रकारिता गरिरहेका पेसागत पत्रकारहरुको सहज र निष्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चितता गरियोस् । 

३) नेपाल पत्रकार महासंघले परिचालन गर्ने प्रत्यक्ष विदेशी सहायतालाई रोकियोस् । महासंघलाई आत्मनिर्भर र स्वदेशी सहायताबाट सञ्चालन गर्न पहल गरियोस् ।

 ४) समानुपातिक विज्ञापन प्रणाली लाई कार्यान्वयन गर्न संस्थागत पहल गरियोस् ।

 ५)पत्रकारहरुको वृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरियोस् ।