रोल्पा बाङ्मा हत्याकाण्डको संस्मरण 

'बाङमा हत्याकाण्ड अद्वितीय बलिदानको इतिहास हो'

रोल्पा बाङ्मा हत्याकाण्डको संस्मरण 

बाङमा हत्याकाण्ड, अर्थात् २०५६ असार ८ गने रोल्पा जिल्लाको तत्कालीन भाबाङ गाविस वडा नं. ६ बाङमा मातत्कालिन ५ नं. एरिया सांस्कृतिक परिवार सहितको अभियान टोलीलाई सेल्टर लिइरहेको अवस्थामा घर घेराहाली प्रतिक्रियावादी सत्ताका जल्लादहरूद्वारा गरिएको बिभत्स हत्याकाण्ड थियो ।

उक्त दर्दनाक हत्याकाण्ड बाइस वर्ष पुगेर तेइस वर्षमा प्रवेश गरिसकेको छ । हामीलाई निरन्तर क्रान्तिको गतिशील प्रवाहमा, सलल बगिरहने माडी खोेलाको पानीझैं केवल सागर पुग्ने हतारो मात्रभएर नै होला, यतिलामो समय वितेको पनि थाहै भएन । तत्कालिन रोल्पा जिल्लाको ५ नं. एरिया पार्टी समितिले एरियाव्यापी सांस्कृतिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियान उत्तर—पश्चिममा पर्ने त्यही गाविसबाट गर्ने भन्ने तालिका संयोगमात्र नभएर सापेक्षितरूपले सुरूमा नै गर्नुपर्ने संवेदनशील स्थिति र स्थानको कारण पनिथियो । जहाँ बर्गसङ्घर्षको क्षेत्रमा उल्लेखनीय प्रतिरोध सङ्घर्षहरू भएको विगत र बलिदानको हिसावले पनि त्यही ठाउँबढी प्रभावित हुनपुगेको थियो । जहाँ २०५४ सालमा नै जिल्ला पार्टी सदस्य एवं गाविस अध्यक्ष क. भिमबहादुर बाठा मगर (गजल), उपाध्यक्ष दीपेन्द्र घर्ती मगर (रमेश) र ०५५ सालमा तत्कालिन जनमुक्ति सेनाको पश्चिमाञ्चल सैन्य हेडक्वाटरद्वारा परिचालित १ नं. प्लाटुनका भाइस कमाण्डर क. राजबहादुर बुढामगर (किरण) जस्ता सहिद हरुको सहादत भइसकेको थियो । त्यतिवेला सम्म एरियामा ०५० सालमै जङ्कोटबाट क.पुर्खे सुनार, ०५२ को जनयुद्ध सुरूभए लगत्तै होमा गाविसबाट पार्टी सदस्यहरूक.जयधनथापा, इन्द्रजीतपुन मगर र लहरे पुन मगर, कोटगाउँ गाविसबाट गाविस उपाध्यक्ष क.तिलकराम बुढा मगर, ०५५ वैशाखमा तत्कालिन जिल्ला पार्टी सदस्य एवं एरिया सेक्रेटरी क.नरबहादुर पुन मगर (ज्वाला), असार ७ गते तत्कालिन जिल्ला कार्यालय स्टाफ क.कुलबहादुर घर्तीमगर (सुरेश), असार १६ गते र १८ गते कोर्चाबाङबाट क. भुमिसरा पुनमगर र क. लुद्रबहादुर घर्तीमगर (राकेट) लगायत एरिया भरबाट करिव डेढ् दर्जन जति कमरेडहरूको सहादत भएको थियो । तत्कालिन अवस्थामा दुश्मनको अवस्था र राजनीतिक कार्यक्रम अन्तर्गत जनचेतनामुलक कार्यक्रमका साथ–साथै पार्टीको संगठन, सङ्घर्ष र आर्थिक गतिविधिको सुरूवातको सांस्कृतिक मोर्चा भएकोले एरिया सांस्कृतिक मोर्चाले पनि आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात गर्दै अभियानमा लामवद्ध भएको थियो । त्यही अभियान टोलीले दहबाङ, बाछे र ह्यूबाङ लगायत ५÷६ स्थानमा कार्यक्रम सम्पन्न गरी टोली एनाबाङ पुगेको रहेछ  ।

कार्यक्रमहरु त अरु गाउँहरुमा पनि तर्जुमाभएको भएपनि अन्तिम कार्यक्रम बन्नपुगेको उक्त गाउँमा भव्य रूपमा कार्यक्रम सम्पन्न गरी अँध्यारो रातको साँगुरो बाटोमा थकित र अनिँदो शरीर लिई बाङमा पुगेर सेल्टरमा आँखा झिमिक्क हुनुपनि बमगोला बर्षिनु पनि सँगै भएपछि ११ जना कमरेडहरु लाई दुश्मन सत्ताको जुठोपुरोमा बाँचेका कुत्ताहरूले नृशंसतापूर्वक हत्या गरेका रहेछन् । हामीभने त्यसदिन कोटगाउँ गाविसको वडा नं. ६ सेताबाङमाथियौं । राती अवेला पुगेका हामी उज्यालो नहुँदै सेल्टर चेन्ज गरी सहिद परिवारलाई भेटी कुरा गर्ने र दिनभर त्यही बसी साँझअँध्यारो भएपछि अनिताको सम्पर्कमा हिँडिहाल्ने योजना बनाएर हामी त्यहाँ गएका थियौं । त्यो सहिद क.भानसिंह परियारको घर थियो ।आँटीमा विसाएका हामी एकछिन त फेरि निदाएछौँ ।दिदीले चाँडै नै खाना पकाएर हामीलाई खानाखानलाई हातधुन भन्नुभएकोले लोटा लिएर हामी बार्दलीमा उभियौं । उत्तर फर्केको बार्दली भएर बिहानको घामले झलमल्ल जङ्कोटको उपल्लो भाग पुरै देखिएको थियो । असारको वर्षात्को महिना भएर पनि त्यसदिन बादल र पानी दुवै थिएन । बरु आकास सफा र खुल्लाथियो । समयकरिव साढे ६ हुँदै थियो होला, त्यत्तिकैमा पूर्वतिरबाट झुल्केको घामसँगै झल्कंदै सेतो हेलिकप्टर पश्चिमतिर ओङमाबाङ, छेडा, दमाकुरका भीरहरूहुँदै दहबाङको सिरानबाट झवाबाङका घरहरूमा ठोकिएला कि झैं गरी उड्दै ओझेल प¥यो । हामीले हात धोयौं र खानाखान बस्यौं । हेलिकप्टरको आवाज फेरीआयो । हामीबाहिर निस्केर हे¥यौं, त्यो लिबाङतिर फक्र्यो । हामीफेरि खानाखानतिर लाग्यौं । त्यतिञ्जेल हेलिकप्टरले ३÷४ चक्कर लगायो । हामीलाई भने कहाँ के भएछ ?भन्ने भएर अर्कै–अर्कै लागिरह्यो । त्यसरी तारन्तार उड्नुको कारण पछि पो थाहाभयो ! त्यो त बाङमा घट्ना घटाएका हत्याराहरू आतंकित भएर तुरुन्त लिबाङ बेश क्याम्पमा सुरक्षित उतार्नलाई त्यसरी ओहोरदोहोर गरेको रहेछ !

कमरेड तुफानसँग सम्पर्क भएपछि हामी कोटगाउँ गा.वि.स.तिर लागेका हौं । म अखिल नेपाल जनसांस्कृतिक महासंघ जिल्ला समितिको बसाइँबाट फर्केर सांस्कृतिक टीमसँग जोडिने भन्ने भएकोले इन्चार्ज कमरेडसँग सम्पर्क गर्दा केही समय आफ्नै क्षेत्रको काममा लाग्ने निर्देशन भएकोले हामी अनिताको सम्पर्क हुँदै क.कमलाको घरसम्म पुगेका थियौं, तर घट्नावारे खवर भएपछि हामी पश्चिम लागेका गाउँ पुगेपछि घट्नावारे सबै कुरा जानकारी भयो । तर घट्नावारे सम्बन्धित कमरेडहरू र सहिद परिवारहरुसँग कसरी कुरा राख्ने हामीलाई हिम्मतै आएन । निकै मेहनत र हिम्मतगर्दै नेतृत्वका कमरेडहरुको सहयोगमा हामीले धेरै कुरा मिलाएर पुरै पार्टी लागेर जानकारी गर्ने गराउने कामभयो । किनकी मेरो कार्यक्षेत्रबाट ४ जना कमरेडहरूको शाहादतभएको रहेछ । त्यस हत्याकाण्डमा सेल सेक्रेटरी क. सुजन, मिलिसिया प्रमुख क.मंगल बुढामगर (झरणा), जनप्रिय कलाकारहरू क. सुकप्रसाद घर्तीमगर (झन्कार) र क.कपिल, क लालबहादुर सार्की (क.बलदेव), दिलकुमार बुढामगर(क.माइण्ड), दुर्गासिंह घर्तीमगर (क. विकास), क. गोविन्द घर्तीमगर, क.विशाल, क. कमारी घर्तीमगर र क. देउमति विश्वकर्माहरूको उच्च शाहादतभएको रहेछ । साथै उक्त घट्नाबाट दुश्मनको बमगोलासँग प्रतिरोध गर्दै सांस्कृतिक परिवारका संयोजक क.सन्दीप र सदस्यहरूक.सिर्जना, छहारी, अस्मिता, गुलाफ, सृष्टी र स्थानीय कमरेडहरू क.विक्रम र क.रगुनले घेरा तोड्न सफल हुनुभएको रहेछ ।

अभियान तयारीको क्रमसँगै माडी दक्षिणका गाविसहरूक ामिलिसियाहरूको संयुक्त प्रशिक्षण शिविर पनि सँगै राखिएको थियो । त्यही नै सांस्कृतिक परिवारको बाँकी तयारीको कामपनि पुरा गरिएको थियो । जुन हाम्रै क्षेत्रमापथ्र्यो । तालिम सकिएपछि मिलिसियाहरूलाई आ–आफ्नो क्षेत्रमा फर्काउन र अभियान टोलीलाई अभियानमा पठाउनका लागि, तालिम समापन तथा विदाई समारोहको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा कमाण्ड इन्चार्ज क.सोनाम, एरिया इन्चार्ज क.सिजल र सहायक इन्चार्ज क. विश्व क्रान्तिहरूको उपस्थिति थियो । कार्यक्रमका प्रमुखअतिथिलगायत सबै अतिथिहरूले शिविरमा हासिल गरेका ज्ञानलाई उचित प्रकारले व्यवहारमा उतार्न र सांस्कृतिक टीमलाई जनभाकामा सिर्जनाहरू गर्दै जाने शुभ कामनादिनु भएको थियो । अभियान टोलीलाई थप उत्साहित गर्दैै प्रमुख अतिथि क.सोनामले ‘पार्टीको योजनाअनुसार सुखदुःख र हाँसो आँसुका संवेगहरु हुँदै क्रान्तिको यात्रापार गर्नुछ, त्यसमा तपाईहरू अभियानलाई सफल पारेर आउनुहुनेछ र नयाँ योजनाको उचाइँमा हाम्रो मेट हुनेछ’भन्दै दरिला हातमिलाएर विदाई गर्नुभएको थियो । तर युद्ध अनिश्चयताहरू हुँदै गुज्रने प्रक्रियाकै कारणले होला असामान्य परिस्थितिहरू पैदा गर्दै घट्नाहरू नसोचेको भएर पनि घट्न पुग्दा रहेछन्, बाङमामा त्यहीभयो । मिलिसियाहरू, अभियानटोली, व्यवस्थापन, अतिथि तथा जनसमुदायहरू सबैले उच्च कमरेडली भावना, मनोवल र प्रतिबद्धतालाई व्यक्त गर्ने गरी कसिला दरिला हातमिलाएर सबै आ–आफ्नै गन्तव्यकालागि छुट्टिएका थियौं । तर अनायासै त्यो समयले ८÷१० दिन पनि पार नगर्दै कमरेडहरूको ठूलो संख्यामा भएको सहादतले हामीलाईृ अत्यन्त मर्माहत बनायो । घटनाको खवर सपनाहो कि विपनाहो ! भन्ने झैं भयो । एकैनास उमेर, एकै ताल हिँडाइ, एउटै सपना, लक्ष्यबोकेका लहलह उमेरको मुनाहरू यसरी कत्लेआम भएको खवर सुने पनि विश्वास गर्न भने निकै गाह्रो भयो । तर देशमा दिनप्रतिदिन चर्कदै गएको युद्ध, श्रमिक वर्गको सपना बदल्ने अग्नि परीक्षाको तालिका झन् पछि झन ्नजिक सरिरहेको परिदृश्यका साथ मृत्यु या मुक्तिको सपथ लिएर सहिद अभियानमा लामबद्ध नेता, कार्यकर्ता र सहिद परिवारहरुले घट्ने घट्ना र क्रान्तिको कोटालाई स्वीकार गर्नुपर्ने अहम ्जिम्मेवारीलाई आत्मसात गर्दै आन्दोलनमा घटेका अन्य सकारात्मक र नकारात्मक घट्नाहरुको श्रेय, कर्तव्य र वलिदानको अभिभारा संझनु र सम्हालिनुपर्ने दायित्वजस्तै जिम्मेवारीमा हामीबाँधि नपुग्यौं । निशब्द स्तव्ध अवस्थाहरू हुँदै कैयौं क्षण टोलाएर बस्ने या अनायास अश्रुधाराहरू सहन गर्दै एकले अर्कालाई खास गरीसहिद परिवारलाई परेको पीडामा सकेसम्म शेयर गर्ने र सहानुभुति जनाउदै यो क्रान्तिको नियमहो र यसलाई सहजै पचाउनुपर्छ भन्दै विश्वस्त भएकाथियौं र त्यस कुरालाई हामीले भन्दा सहिद परिवारले छिट्टै नै आत्मसात गर्नुभएको हो । त्यतिवेला हामी कोरिया युद्धमा सहिद हुनपुगेका थुप्रै चीनियाँ जनमुक्ति सेनाका जवान एवं कमाण्डरहरू सँगै क.माओका जेठा छोरा आनइङको पनि मृत्यु भएको थियो । थुप्रै नेताहरुले अरूको जे भएपनि आनइङको शवलाई चीन ल्याउनुपर्छ भन्ने प्रस्ताव राखेका थिए । आनइङको श्रीमति, माओको बुहारीको पनि त्यही आग्रहथियो । तर अध्यक्ष माओले त्यसो हुँदैन सबै जनमुक्ति सेनाका अफिसर र जवानहरुले कोरियाली जनताको मुक्तिआन्दोलनमा चीनको तर्फबाट चीनियाँ सर्वहारा वर्गको त्यस मुक्तियुद्धमा गौरवशाली मृत्युवरण गरेर महत्वपूर्ण हिस्सेदारी दर्ता गरेका छन् । त्यसैले आनइङ र अरु कमरेडहरुमा फरक व्यवहार हुन सक्दैन । आनइङ पनि चीनियाँ जनताको छोराछोरी मध्ये एक थियो । त्यसैले अरूले उतै सतगत गर्दा उसलाई पनित्यही हुन्छ भनेर संझाउनु भएको र बुहारीलाई संझाउदै तिमीले अव आनइङलाई विर्सनुपर्छ, चीनका अग्ला–अग्ला र हरिया पहाडहरू हेरेर उसलाई र दःखलाई विर्सने प्रयत्न गर्नुपर्छ भनी संझाउनु भएको कुरा संझने र भलाकुसारी गर्ने तथ ापाउनको लागि गुमाउनुपर्ने ऐतिहासिक कर्तव्य र कोटा चुक्ताभएको, सैद्वान्तिक पक्षद्वारा आफु र आफुहरू पनि विश्वस्तभयौं र गर्ने प्रयासहरु गरेका थियौं ।

हाम्रो अभियानको सुरूवात र मेरो महासंघको बैठकको मिति उस्तै–उस्तै समय नपरेको भए म पनि अभियानमै हुने थिएँ । घट्नाको दुइदिन अगाडि म सम्पर्कमा पुगे पनि केही समयपछि जाने भन्ने भएकोले म तुफानजी कहाँ पुगेको थिएँ । सबै सँगै हुन्छौं भन्ने कुरा मैले साथीहरूसँग पनि भनेको थिएँ । घट्ना भएपछि भने आफुलाई कस्तो–कस्तो भइनै रह्यो । सबै सधै सँगसँगै क्रान्तिको काममा लाग्दै हिडँेको, बषौं बिताएका कमरेडहरूलाई गुमाउनु पर्दा र साझा सल्लाह, सहकार्य र प्रतिबद्धतामा आफुले घात गरे जस्तो न कस्तो–कस्तो लागि राख्यो । हामी भौतिकवादी हौं तर भावनाको अथाह ज्वारभाटासँग झेल्दा क.झन्कार, क.विशाल, क.बलदेव र क.माइण्डका आत्माहरुसँग भित्रभित्रै क्षमायाचना गर्न मन लागिरह्यो । त्यसो हुृनुमा सहिदकमरेडहरू वर्गीय रूपले मात्र सामिप्यता नभएर नाताबाट र छरछिमेक समेत पर्ने, क्रान्तिको यात्राका सहयात्री र दौंतरीहरू हुनुहुन्थ्यो । त्यस घट्नामा शाहादत प्राप्त क.सुजन, सहिद क.रमेशको भाइ हुनुहुन्थ्यो भने क.कुमारी घर्ती मगर सहिद क.किरणकी साली हुनुहुन्थ्यो । अन्याय अत्याचारले ग्रसित समाज र सामाजिक विभेद त छँदैछ, त्यसैमाथि कम्युनिस्ट समाज व्यवस्था प्रतिको आकर्षण र आस्था राख्नुलाई नै अपराधको विल्ला लगाउँदै झुट्टामुद्दा, गिरफ्तारी र हत्याहुँदै जानु र आफन्तहरू गुमाउँदै जाने स्थितिहरुले राज्य विरुद्ध मुक्तियुद्धमा होमिनैपर्ने अवस्था तत्कालिन अवस्थामा सिर्जना भएको थियो । त्यसक्रममा नै सहिदहरुको हत्याको बदलालिंदै वर्गयुद्धलाई अगाडि बढाउने कसम र प्रतिबद्धता सहित युद्धमा होमिनु भएका कमरेडहरू सहित ११ जना कमरेहरुको वलिदान हुनपुगेको हो । जुन वलिदान जनयुद्ध र नेपालको मुक्ति आन्दोलनका लागिमात्र नभएर विश्व सर्वहारा श्रमिकवर्गको आन्दोलनका लागि समेत अमूल्य शिक्षा एवं निर्देशक बनिरहनेछ । आज हामी एकीकृत जनक्रान्ति मार्फत् नेपालमा वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्दै आजको विश्व अन्तरविरोधहरु अनुसार हेलिंदै नयाँ विचारद्वारा श्रमिकवर्गलाई सच्चा र उच्चतम विश्वव्यवस्था तर्फ डो¥याउने अभियानमा लामबद्ध छौं । हाम्रो यो महत्वकांक्षाको आधार नै महान जनयुद्ध र बाङमा लगायका वलिदानका किर्तिमानहरु हुन् । जहाँ त्याग र वलिदानमा मृत्यु या मुक्तिको केवल एजेण्डा थियो । सहिदहरू मृत्युवरण गर्न तयार हुनुभयो तर दयाको भीखमाग्नु भएन र उच्च शाहादत प्राप्त गर्नुभयो । त्यो वलिदानको जगमा नै आजफेरि क्रान्तिको अभियान जारी छ र आजको स्थितिमा बृहत कम्युनिस्ट एकताको आवश्यक्ताले गहिरो यथार्थमा हामी उभिन पाएका छौं । त्यसैले बाङमा र त्यस्तै वलिदानीपूर्ण इतिहासको जनयुद्धसँग साइनो भएका शक्तिहरु पुनःक्रान्तिका लागि एकीकृत र केन्द्रीकृत भई फेरी जुट्न जरुरी भइसकेको छ । हामीलाई त्यही सन्देश दिएको छ ।

उक्त घट्नामा परेर हामीले आत्मीय सहयोद्धा, जीवन साथी, घर परिवार र आफन्त गुमायौं तर क्रान्तिले संसार हल्लाउने उर्जा प्राप्त ग¥यो । आज प्रचण्ड बाबुरामहरुले जनयुद्धलाई शर्मनाक स्थितिमा पुग्ने गरी रणनीति र कार्यनीतिविकासको समस्याहरुमा वल्झिएकोमा उनीहरुलाई विदा गरेर एकीकृत जनक्रान्ति अगाडि बढिसकेको वर्तमानले क्रान्तिकारी जनसमुदाय, सहिद परिवार र नेताकार्यकर्ताहरुमा चहराइरहेको घाउमा मलमपट्टीको काम गरेको छ । जनयुद्धलाई सखाप पारियो भन्नेहरुका विरुद्ध हिजो, आज र भोलिसम्म पनिक्रान्तिको गतिलाई बढाउनमा झन् पछि झन् प्रतिबद्ध बन्दै गरेको यथार्थले सहिद परिवार र आफन्तएवं क्रान्तिकारी जनसमुदाय सबैलाई गौरवान्वित बनाएको छ । विचार सहीभएमा नभएका चीजहरु प्राप्तहुँदै जाने सैद्वान्तिक मूल्यतर्फ इंगितगर्दै आठौं राष्ट्रिय महाधिवेशनमा महासचिव क. विप्लवले प्रतिनिधिहरुको जिज्ञासालाई प्रष्ट पार्दै भन्नुभएको थियो “नेपाल कम्युनिस्ट पार्टीको नामबाट व्यापक कम्युनिस्ट एकता अभियान अब शुरूभयो । यसले पार्टीलाई एकीकृत र केन्द्रीकृत गर्दै बृहत कम्युनिस्ट एकताको कदम चाल्नेछ र सबैखाले वर्ग र समुदायलाई समेत एकीकृत र केन्द्रीकृत गर्नेछौं ।” आज हामीले त्यहीविचार र एजेण्डाको सेरोफेरोबाट नै क्रान्तिलाई अगाडि बढाउँदै छौं । साथै दुश्मन वर्गले श्रमिकवर्ग विरुद्ध गरेका सबै षडयन्त्रहरू पुराना र नाकाम हुँदै गएका छन् र नयाँ जालझेलमा घोटलिएका छन् । त्यसैले एकपछि अर्को ठक्कर र कठिनाइहरू सहँदै विचारद्वारा निर्देशित गर्न सक्षम महान जनयुद्धमा र आजपनि सशक्त बनाउदै लगेका छौं । बाङमाको वलिदानले माओवादी जनयुद्धको रोल्पा र त्यसको मध्यक्षेत्रमा पर्ने तत्कालिन ५ नं. एरियाको बर्गसङ्घर्षको कुरामात्र नभई सिंगै जनयुद्धलाई गुणात्मक गतिमा अगाडि बढाउनुपर्ने आवश्यक्तालाई दर्शाउदै अद्वितीय इतिहास बन्नपुग्यो । जसले पार्टी विस्तारको प्रारम्भिक अभियानदेखि २०५० सालको बर्ग सङ्घर्षमा कोटगाउँ, होमा, जङ्कोट, भाबाङ र सिंगै रोल्पाले खेलेका भूमिकाहरू र त्यसबाट आतङ्कित तत्कालीन कांग्रेसको सरकार तथा सिडिओ अब्दुल रइस खाँ (कपिलवस्तु)ले व्यापक रूपमा झुट्टा मुद्दा, गैर न्यायिक गिरफ्तारी र हत्या अभियानसुरू गरेको थियो । चर्चित“दार्बोट अप्रेशन”पनि त्यसैबेला चलाएको थियो । युद्धमय रापतापका साथ सङ्घर्षको गतिद्वारा ०५२ सालको युद्ध उद्घोषणलाई अगाडि बढाउने जिम्मेवारी पनि यस क्षेत्रले जिम्मेवारीपूर्वक पूरा गरेको र त्यसपछिका गुणात्मक फौजी कारवाहीहरू–कोटगाउँ एम्बुस र क.खडकबहादुर बुढामगर (स्क्वाएड सदस्य)को सहादत र सफलएम्बुस र क. आशिषको उच्चसहादत जस्ता कार्वाहीहरू उच्चतामै भएकाहुन् ।

त्यस परिस्थितिले बर्गसङ्घर्षको वेग उचाइँतिर कुदिरहेको आभाष हुन्थ्यो । त्यस्तै गतिहरु खुशी र दःखी तथा आँसु र हाँसोको सन्तुलनको वाहक बनेको सांस्कृतिक अभियान समेत युद्धमोर्चामा भिड्नुपर्ने युद्धको नियमभित्र परेर पनि साहसपूर्वक वलिदान गर्न पुग्यो । त्यसरी नै फौजी र राजनीतिक कार्यक्रमको तीव्रतामा बढ्दै गएको स्तरद्वारा मात्र जनयुद्धको निरन्तरता कायमहुन सक्ने र सहिदको सपना पुरा हुने कुराको निर्देशन नै ऐतिहासिक बाङमा हत्याकाण्ड हो । समयवित्दै जाँदा जारी क्रान्तिले त्यो अभिभारा पुरा गरेको पनिहो । दुश्मन सत्ताको ठाउँमा जनताको जनसत्ता, हत्यारो शाही सेनाको ठाउँमा जनताको जनमुक्ति सेना, भ्रष्ट घुसखोरी न्यायलयको ठाउँमा जनताको जनअदालत र दुश्मनको घेराबन्दी क्षेत्र विरूद्ध स्वतन्त्र र खुल्लाआधार इलाका स्थापनागर्दै जन अर्थतन्त्रको अभ्यास सम्म पु¥याउने काम जनयुद्धको वीरतापूर्ण इतिहासकै कारण थियो । वलिदान तत्काललाई दःखद्, असैह्य र अनपेक्षितहुने भएपनि श्रमिकवर्गको मुक्ति र स्वतन्त्रता सहिदका सपना पूर्णताका लागिकहिल्यै ननिभ्ने उर्जाको काम गर्ने कुरा जनयुद्धले नै प्रमाणित गरेको छ । क्रान्तिमा बाधाहरु आउँदा समेत सहिदको रगत र सपनाले गर्दा निरन्तर क्रान्तिको प्रवाहमा दौडिरहन सक्षम वैचारिक हतियार एकीकृत जनक्रान्तिको विकसित विचारद्वारा बेला बेलामा आउने समस्याहरुमा समेत गति कायमगर्दै जान सफलभएको छ । ०७५ फागुन २८ मा सामाजिक दलाल पुँजीवादी केपीओली नेतृत्वको सरकारले  हाम्रो पार्टीका विरुद्ध लगाएको प्रतिबन्ध र २०७७ फागुन २१ गते ३ बँुदे सहमतिपत्रमा भएको हस्ताक्षरको मितिसम्म पुग्दा हाम्रो राजनैतिक विजय भएको छ । केपी ओलीले सहमति लागु नगरेपनि पार्टीको पहल कदमीले सफलता प्राप्त गरेको कुरामा द्विविधा छैन । यो निरन्तरको सफलता, जनयुद्धमा बाङमा जस्तै वलिदानीपूर्ण इतिहासकै कारण भएको हो । जसले क्रान्तिकारी आन्दोलनलाई युग–युगसम्मका लागि निर्देशितगरि रहने छन् । बाङमा हत्याकाण्ड त्यस्तै एक अद्वितीय बलिदानको इतिहास हो,जो युगौंयुग स्मरणमा ताजा भैरहनेछ ।

(नेता सङ्गम दलाल राज्यसत्ताको १९ महिनाको जेल तथा हिरासत वसाइपछि भर्खरै मुक्त हुनुभएको छ । उहाँले यो संस्मरण २०७८ असार ८ गते कपिलवस्तु जिल्लाको कारागारमा रहन्दा लेख्नुभएको हो ।) 

– रातोखबर