नेकपा केन्द्रीय समितिको १२ औं पूर्ण बैठक शिवगढीमा सुरू, राजनीतिक प्रतिवेदन पेश

महासचिव विप्लवद्धारा राजनीतिक प्रतिवेदन प्रस्तुत

नेकपा केन्द्रीय समितिको १२ औं पूर्ण बैठक शिवगढीमा सुरू, राजनीतिक प्रतिवेदन पेश

कपिलवस्तु । नेकपा केन्द्रीय समितिको १२ औं पूणर् बैठक शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको छ । शिवगढीमा निर्माणाधिन केन्द्रीय कार्यालयमा नेकपाको केन्द्रीय समितिको बैठक सुरु भएको हो । बैठकमा महासचिव विप्लवले राजनीतिक दस्तावेज केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागी वितरण गर्नुभएको छ । प्रतिवेदन अध्ययनपछि केन्द्रीय सदस्यहरुले आ-आफ्नो जिल्ला र विभागहरुको रिपोर्टसहित धारणा पेश गर्ने बताइएको छ । 

नेकपाको बैठक तीनवटा बिषयमा केन्द्रीत हुने बुझिएको छ । जसअनुसार संसदबाट एमसीसी परियोजना पास भएपछि यसबाट उत्पन्न देशको राष्ट्रिय संकटको परिस्थिति, पार्टीको ९ औं महाधिवेशन र सरकारले घोषणाको आगामी निर्वाचन आदि रहेका छन् । 

सरकारसित भएको ३ बुँदे सहमतिको समीक्षाबारे समेत छलफल हुने बताइएको छ । त्यसैगरी संगठनात्मक र आगामी संघर्ष, समसामयिक अन्तर्राष्ट्रिय बिषयमा समेत बैठकमा छलफल हुने स्रोतले बताएको छ । 

यसअघि नेकपाको तनहुँमा केन्द्रीय समितिको बैठक बसेको थियो । अहिले नेकपाको केन्द्रीय समितिको बैठक बसिरहँदा स्थानीय चुनावहरुबारे विभिन्न टिकाटिप्पणी आइरहेको बेला केन्द्रीय समितिले आफ्नो नीति तय गर्न लागेको हो । नेकपाको बैठकले अहिले सबैको ध्यानकेन्द्रीत गरेको छ ।