चीनमा  विमान दुर्घटना

बेइजिङ– चीनको एउटा जेट विमान दुर्घटनामा परेको छ। १३३ यात्रु सवार चाइना इस्टर्नको बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसी क्षेत्रमा दुर्घटनग्रस्त भएको हो।

सो विमान एउटा पहाडी क्षेत्रमा ठोक्किएपछि आगो लागेको प्राप्त प्रारम्भिक विवरणहरुमा जनाइएको छ।

चाइना सेन्ट्रेल टेलिभिजनले भनेको छ, ‘१३३ यात्रु सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान ग्वाङसीको टेङ काउन्टीमा दुर्घटनाग्रस्त भई पहाडमा आगलागी भएको छ। ’

घटनास्थलमा उद्दार समूह पठाइएको बताइएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।