कावासोतीमा ६ दलिय मोर्चाको मसाल जुलुसमा प्रहरी हस्तक्षेप,हस्तक्षेपका बावजूद कार्यक्रम सम्पन्न

कावासोतीमा  ६ दलिय मोर्चाको  मसाल  जुलुसमा प्रहरी हस्तक्षेप,हस्तक्षेपका बावजूद कार्यक्रम सम्पन्न

नवलपुर । नवलपुरको सदरमुकाम कावासोतीमा ६ दलिय मोर्चाले आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहित ६ दलिय मोर्चाले आयोजना गरेको मसाल जुलुस कार्यक्रममा प्रहरीले दमन गरेको हो ।

जिल्लाको थकालीचोकमा मोर्चाका कार्यकर्ताले मसाल बाल्ने तयारी गर्दैगर्दा ठुलो संख्यामा तैनाथ गरिएका प्रहरीले नबालिएको टायर खोसेर लगेको थियो ।

प्रहरी हस्तक्षेप पछिको कोणसभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य अनुकुलले यदि राष्ट्रघाती एमसीसी सम्झौता पास भयो भने आज मसाल खोस्न आउनेहरु पनि भोली मसाल बोक्न बाध्य हुने जिकिर गरे 

यसै बिच प्रहरीले मसाल जुलुसमा दमन गरेपछि मोर्चाका कार्यकर्ताले प्रहरीलाई भुलभुलैयामा पार्दै थकालीचोक देखि २०० मिटर पश्चिमतिर महेन्द्र राजमार्गमा मसाल जुलुस कार्यक्रम सम्पन्न गरेको छ । जुलुसमा सहभागीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर , विदेशी दलालहरु होशियार , राष्ट्रिय स्वाधीनताको रक्षा गरौं लगाएतका नाराहरू लगाएका थिए ।