बुटवलका उद्योगी खेम पुनको मृत्यु

बुटवल । लामो समयदेखि बुटवलका औषधि व्यवसायिक तथा  विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेका  बुटवलका उद्योगी खेम पुनको मृत्यु भएको छ । 

खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानका संस्थापक संरक्षक ६० वर्षीय पुनको मष्तिकघातका कारण उपचारका क्रममा काठमाडौँको ग्रिनसिटी अस्पतालमा मंगलबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो ।

 ओमी पुन कल्याणकारी प्रतिष्ठानले प्रत्येक वर्ष चिकित्सा इन्जिनियर अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रावृति प्रदान गर्दै आएको छ ।

औषधि व्यवसाय गर्दै आएका पुन शनिबार विशेष बैठकका लागि विराटनगर पुगेका बेला बैठककै क्रममा असहज लागेर बाहिरिएका उनी बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

सोमबार हेलिकप्टरमार्फत काठमाण्डौंस्थित ग्रिनसिटी अस्पताल पुर्याएर उपचाररत उनको मंगलबार बिहान १२ बजे मृत्यु भएको हो ।