एकीकृत क्रान्तिका सहीदहरुको जीवनी प्रकाशित गर्ने 

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय प्रकाशन तथा प्रचार बिभागले एकीकृत जनक्रान्तिको क्रममा सहादत  हुनु भएका १५ जना सहिदहरुको  जीवनी प्रकाशित गर्ने भएको छ।

मङ्गलबार काठमाडौको बुद्दनगरस्थित  पार्टी कार्यालयमा सम्पन्न पार्टी  स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो।

 विभागले एकीकृत जनक्रान्तिका सहिदहरु वीरजङ्‌ग, कुमार पौडेल , तिर्थ, , निरकुमार, प्रज्वल, निरन्तर, दीपेन्द्र, वीरेन्द्र, सनराईज ,रामसिंह, धनरुप बटाला, जगत र रामश्रेष्ठ सहित १५ जनाको जीवनी प्रकाशित गर्ने  निर्णय गरेको छ।

केन्द्रिय प्रकाशन  विभागद्वारा सम्पादन हुने सहिद गाथाको  आलेख लेखनका लागि अनिल शर्मा, सविन, तिर्थ राई, प्रकाश साही, पाटन सी, योद्धा, भगतसिंह, भरत मल्ल, बलवान, उषा (म्याग्दी), प्रेम दर्नाल गायतको टिम निर्माण गरिएको छ भने जिल्लाहरुले सामग्री सङ्‌कन गरी पठाउन निर्देशन गरिएको छ।

 त्यस्तै आलेख लेखन तथा सम्पादन गर्नेबारे आधारभूत निर्देशिका पनि जारी गरिएको र जिल्ला पार्टीलाई पठाइ सकिएको जानकारी मंगलवारको स्थायी समिति बैठकमा  गराइएको थियो ।