बुटवल । अखिल (क्रान्तिकारी) ले बुटवल बहुमुखी क्याम्पसमा पदम पराजुली नेतृत्वको प्यानललाई जिताउन अपिल गरेको छ ।
चैत ५ गते हुने स्ववियु चुनावमा अखिल (क्रान्तिकारी)ले सभापतिमा पदम पराजुली, सचिवमा सुस्मिता बेल्वासे, कोषाध्यक्षमा सन्तोष पाण्डेलाई उम्मेदवार उठाएको छ ।
स्ववियु सदस्यमा बर्षात रानाभाट, गणेश खत्री, अस्मिता पौडेल, अमृत भुसाल र इश्वर बस्नेतलाई उम्मेदवार बनाएको छ ।
अखिल (क्रान्तिकारी)ले स्ववियुलाई भ्रष्टाचाररहित संस्था बनाउने, क्याम्पस प्रशासनलाई चुष्टदुरुस्त बनाउने, विद्यार्थीहरुको हकअधिकारको पक्षमा लड्ने, पठनपाठनलाई सहज र व्यवस्थित बनाउने, पुस्तकालय थप्ने र व्यवस्थित बताउने, खानेपानी, खेलकुद मैदान, शौचायलय, विद्युतीकरण, विज्ञान प्रयोगशाला, विभिन्न संकायको व्यवस्थापन र भौतिक पूर्वाधार निर्माण गर्न, वैज्ञानिक समाजवादी शिक्षा लागु गर्न र दलाल संसदीय व्यवस्था विरुद्ध संघर्ष गर्ने मोर्चाका रुपमा स्ववियु चुनावलाई प्रयोग गर्न लागेको बताएको छ ।
अखिल (क्रान्तिकारी)ले बुटवल बहुमुखी क्याम्पस लगायत जिल्लाका सम्पूर्ण उम्मेदवारलाई बिजय गराउन समेत अपिल गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्