नेकपा पूर्वी लुम्बिनी ब्युरोको बैठक, जनसम्बन्ध विस्तार अभियान चलाउने

नेकपा पूर्वी लुम्बिनी ब्युरोको बैठक, जनसम्बन्ध विस्तार अभियान चलाउने

बुटवल । नेकपा पूर्वी लुम्बिनी ब्युरोको बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले ६ महिने जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा प्रशिक्षण दिदै नेकपाका पोलिटब्युरो सदस्य एवं ब्युरो इन्चार्ज प्रज्वलन सीले जनतालाई क्रान्तिसित जोड्न आवधिक योजनासहित ६ महिने जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने बताउनु भएको छ । उहाँले क्रान्तिको सम्पूर्ण आधार श्रमजीवी वर्ग भएकोले जनसम्बन्ध विस्तारलाई जोडदिने बताउनुभयो । उहाँले देश आर्थिक रुपले गम्भीर संकटमा परेको भन्दै मिटरब्याजी, लुघवित्त र बैंकहरुको ज्यादती विरुद्ध पार्टीले संघर्ष गर्ने बताउनुभयो । 

बैठकमा पार्टी केन्द्रीय सदस्यहरु धु्रव सी, कलम सी, धीरज सी, नवीन सीलगायत केन्द्रीय प्रतिनिधि सदस्य, जिल्ला सेक्रेटरीहरुको सहभागिता रहेको थियो । बैठकले २१ गते ब्युरोको राजनीतिक तथा योजनागत प्रशिक्षण गर्ने, फागुन १ गते जनयुद्ध दिवस मनाउने, फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने समेत निर्णय गरेको छ । 

बैठकले ब्युरो अन्तर्गत जिल्लाहरुमा गरिने राजनीतिक वैचारिक काम, संगठनको काम, संघर्षको कामलगायत विविध बिषयहरु र महत्वपूर्ण संगठनात्मक निर्णयहरु समेत गरेको स्रोतले बताएको छ ।