तीन कम्युनिस्ट पार्टीद्धारा बिहिबार (आज) शान्तिवाटिकामा भण्डाफोर सभा गर्दै

 तीन कम्युनिस्ट पार्टीद्धारा बिहिबार (आज) शान्तिवाटिकामा भण्डाफोर सभा गर्दै

बुटवल ।  आसन्न संसदिय चुनाव जनता र देशका लागि औचित्यहिन हुने र मुलुकमा देखिरहेको राजनीतिक आर्थिक समस्यालाई हल गर्न नसक्ने बरु संकटग्रस्त अहिलेको राज्यसत्तालाई टेको दिन र प्राण भर्न चुनाव हुन लागेको भन्दै तीन कम्युनिस्ट पार्टीले  बिहिबार (आज)  काठमाडौँको शान्तिबाटिकामा भण्डाफोर सभा गर्दैछन् ।

आसन्न संसदिय चुनाव जनता र देशका लागि औचित्यहिन हुने र मुलुकमा देखिरहेको राजनीतिक आर्थिक समस्यालाई हल गर्न नसक्ने बरु संकटग्रस्त अहिलेको राज्यसत्तालाई टेको दिन र प्राण भर्न चुनाव हुन लागेको भन्दै चुनाव खारेजको कार्यनीति लिएका तीन कम्युनिस्ट पार्टीले देशव्यापी विरोध कार्यक्रम अन्तर्गत आज काठमाडौँको शान्तिबाटिकामा भण्डाफोर सभा गर्ने जनाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मीलित तीन पार्टीले दिउँसो ठिक १२ बजे सुन्धाराबाट जुलुस शुरु गर्ने र १ बजेबाट औपचारिक रूपमा कार्यक्रम हुने जानकारी दिइएको छ ।

कार्यक्रममा नेकपा प्रवक्ता प्रकाण्ड सी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष आहुती , नेकपा अध्यक्ष ऋषि कट्टेल लगाएतका नेताहरूले सम्बाेधन गर्ने जनाएका छन् ।