नेकपा बुटवल महानगर पालिका वडा न.१२ को सम्मेलन सम्पन्न,शेर बहादुर खड्का सेक्रेटरीमा चयन

नेकपा बुटवल महानगर पालिका वडा न.१२ को सम्मेलन सम्पन्न,शेर बहादुर खड्का सेक्रेटरीमा चयन

बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बुटवल महानगर समिति वडा न १२ को वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले शेर बहादुर खड्काको नेतृत्वमा ७ सदस्यीय वडा समिति निर्वाचित गरेको छ।

सम्मेलनमा बोल्दै नेकपा रुपन्देही जिल्ला सदस्य तथा बुटवल महानगर,तिलोत्तमा र सिद्दार्थ नगरका इन्चार्ज बिरेन्द्र बिकले दलाल संसदीय व्यवस्थाका कारण जनताको जीवन कष्टकर भएको भन्दै यसका विरुद्ध संघर्षको विकल्प नभएको बताए ।

उनले महंगी भ्रष्टाचार र सामाजिक अपराध अत्यधिक बढेको बताउदै यसका विरुद्ध पार्टीले दृढतापूर्वक संघर्ष गर्नुपर्ने र श्रमिक जनताको मुक्ति वैज्ञानिक समाजवादमा मात्र सम्भव भएको भन्दै त्यसका लागी एकीकृत जनक्रान्ति जरुरी रहेको बताए ।

सम्मेलनमा नेकपा रुपन्देही जिल्ला सदस्य तथा बुटवल उपमहानगर सेक्रेटरी एनबी शाही लगायतको उपस्थिति रहेको थियो।
सम्मेलन शेर बहादुर खड्काको सञ्चालन र अध्यक्षतामा सम्पन्न भएको थियोे।