पशुपति बचत तथा ऋण सहकारी संस्थाद्वारा स्वास्थ्य जनचेतना कार्यक्रम

पशुपति बचत तथा ऋण सहकारी संस्थाद्वारा स्वास्थ्य जनचेतना कार्यक्रम

भैरहवा, साउन २८ । पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्वास्थ्य सम्बन्धि जनचेतना तथा तीज विशेष कार्यक्रम गरेको छ । संस्थाले आफ्ना शेयर सदस्यको स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने र नारीहरुको महान वर्ष हरितालिका तीज विशेष कार्यक्रम तिलोत्तमा १५ रुपन्देहीमा गरेको हो ।

संस्थाले शेयर सदस्यको लागि कुसल अभिभावकत्व ग्रहण गर्न कुनै कमी नराखेको बताउँदै सहकारीमा आवद्ध व्यक्तिहरु उद्यमशिलतामा लाग्नु पर्ने तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी खेमराज गुरुङले बताए ।

संस्थाले नयाँ योजना लिएर अगाडि बढ्ने भएकाले संस्थाका शेयर सदस्यलाई उत्पादनमुखी कार्यक्रममा लाग्न अध्यक्ष डोलराज बस्यालले आग्रह गरे । सहकारीको उद्देश्य सदस्यलाई आर्थिक रुपमा दरिलो बनाउने रहेकोले सबै सदस्य व्यवसायमुखी हुनु पर्ने अध्यक्ष बस्यालले बताए ।

संस्थाले स्थापनाकालदेखि सदस्यलाई प्रशिक्षण गर्दै आएको बताउँदै भाषा कला र संस्कृतिको संरक्षण गर्दै मनोरञ्जनात्मक कार्यहरु गर्दै आएको कार्यक्रम संयोजक तारा प्रसाद नेपालले बताए ।

कार्यक्रमको पहिलो सत्रमा स्वास्थ्य सम्बन्धी प्रशिक्षण डा. जयराम शर्माले प्रशिक्षण दिएका थिए भने दोस्रो सत्रको कार्यक्रम तीज विशेषमा कलाकार बसन्त लम्साल र बिष्णु ठडराईले कलात्मक प्रस्तुती राखेका थिए ।