विश्वमा सबै भन्दा धेरै एटम बम रुससँग

बुटवल । पृथ्वी एकातिर जलजायु परिवर्तन, महामारी आदिका कारण ठूलो संकटमा परेका बेला ७७ वर्षपछि फेरी परमाणु युद्धको खतरा नजिक पुगेको भन्दै विश्वमा चिन्ता जनाउन थालिएको छ ।
रुसले युक्रेनको डोनबास क्षेत्रमा रुसी भाषी नागरिकमाथि दमन गरेको भन्दै असैन्यकरण गर्ने घोषणा सहित हमला गरेको पाँचौँ दिन देखि परमाणु हतियार समेत हाई अलर्ट गरेपछि त्यो संसय बढेको  हो ।
७७ वर्ष अघि अमेरीकाले जापानको हिरोसिमा र नागाशाकीमा परमाणु बम खसाल्दा पुरै शहर मरुभूमि भएको थियो ।

अहिले युक्रेन मामलालाई लिएर रुसलाई आईससोलेट गर्ने नाकाबन्दी र प्रतिवन्ध लगाउने मात्र हैन रुस बिरुद्ध लड्न हतियार, पैसा र लडाकु विमान दिनथालेपछि अमेरीका र नेटोसँग रुस थप चिडिएको छ ।
रुसी राष्ट्रपति पुटिनले पहिले नै भनेका थिए, यदि रुस र युक्रेन युद्ध वीचमा नेटो लगायत जो कोही पनि आयो भने इतिहासमा कहिल्यै नदेखिएको परिणाम भोग्नु पर्ने छ ।
अहिले रुससँग संसारकै सबै भन्दा धेरै ६ हजार २ सय ५५ वटा एटम बम रहेको छ । जब कि अमेरीकासँग मात्रै ५८ सय परमाणु हतियार रहेको छ ।

विश्वमा अमेरीका, रुस, चीन, भारत, पाकिस्तान, ईजरायल, उत्तरकोरीया, ब्रिटेन र फ्रान्ससँग परमाण हतियार रहेको छ ।
रुसका परमाणु हतियारका प्रमुख भन्छन, यदि रुस नेटो लगायत जो कोही राष्ट्रबाट असुरक्षित हुन्छ भने पश्चिमा मुलु पनि सुरक्षित नरहने कडा चेतावनी दिएको एजेन्सीले बताएको हो । अहिले रुसले तत्कालै प्रहार गर्न सक्ने ५ सय वटा परमाणु हतियार हवाई अड्डा, समुन्द्र र स्थलगत रुपमा तयार पारेको छ । रुसले यसलाई विश्वकै तीव्र गतिको हाईपरसोनिक मिसाईल जारकन मार्फत प्रहार गर्न सक्ने अनुमान गरिएको बताएको छ ।

रुसको सैतान नामक परमाणु अस्त्रले २० मिनेटमा बेलायत र ३० मिनेटमा अमेरीकालाई ध्वस्त पार्न सक्ने पूर्वानुामान गरिएको बताएको छ । यद्यपि, रुसमाथि पनि ती देशहरुको परमाणु हमलाको जवाफमा त्यस्तै प्रकारको आक्रमण गर्न सक्छ ।
रुसले युक्रेनमा परमाणु हमला नगर्ने तर नेटो बाट त्यस्तो खतरा हुनासाथ ती देशहरुमा त्यस्तै आक्रमण हुन सक्ने एक रुसी सांसदले चेतावनी दिएको एजेन्सीले बताएको छ ।