अखिल (क्रान्तिकारी)द्वारा लुम्बिनी विश्वविद्यालयको सिटि कलेज बुटवलमा तालाबन्दी

 अखिल (क्रान्तिकारी)द्वारा लुम्बिनी  विश्वविद्यालयको सिटि कलेज बुटवलमा  तालाबन्दी

बुटवल । नेकपा निकट अखिल(क्रान्तिकारी) सिटि क्याम्पस इकाइ समितिले सहमति भएको महिनै दिन सम्म पनि  विद्यार्थी माग पूरा नगरेको भन्दै सिटि कलेज बुटवलमा असार १७ गते शुक्रबार तालाबन्दी गरेको छ।

आन्दोलनरत अखिल (क्रान्तिकारी) र लुम्बिनी बौद्ध विश्वविद्यालय दुवै पक्षका प्रतिनिधिहरुबिच  केन्द्रीय क्याम्पस लुम्बिनीमा २०७९ बैशाख १९ गते ९ बुँदे  सहमति पत्रमा हस्ताक्षर भएको थियोे ।

आन्दोलनरत पक्षले बुझाएको मागपत्रको आधारमा दुवै पक्षबीच ९ बुँदे सहमति भएको  थियोे। बिद्यार्थीहरुको माग पुरा गर्न विश्वविद्यालय सहमत भएपछि सहमति पत्रमा अखिल (क्रान्तिकारी)का सिटी कलेज कमिटी अध्यक्ष आविस पौडेल र  विश्वविद्यालय प्रशासन प्रमुख चुडामणि पोखरेलले हस्ताक्षर गरेका थिए। 

३ महिना पुग्दा पनि सहमति कार्यान्वयन नभएपछि बाध्य भएर तालबन्दी गर्नुपरेको अखिल(क्रान्तिकारी) का इकाइ अध्यक्ष आबिश पौडेलले बताएका छन।