कञ्चन—सुदर्शन (कसु) गुटको व्यक्तिवादी अराजकतावाद : छोटो टिप्पणी

'पार्टीद्धारा संश्लेषण गरिएका विचार, नेतृत्व र कार्यदिशाको रक्षा गर्नु आजको आवश्यकता'

कञ्चन—सुदर्शन (कसु) गुटको व्यक्तिवादी अराजकतावाद : छोटो टिप्पणी

आजभोली नेपालका केही विग मिडिया हाउस र विभिन्न अनलाइन तथा सामाजिक सन्जालहरुमा नेकपाको फुट, महासचिव कमरेड विप्लव केन्द्रीय समिति तथा एकीकृत जनक्रान्तिको कार्यदिशाका वारेमा विभिन्न अनर्गल र झुट प्रचारका विभिन्न भ्रमपूर्ण समाचारहरुको स–सानो खहरे वाढी नै आएको छ । राजनीति, समाज र जनतालाई भ्रममा पार्ने, तथ्यहरुको तोड—मरोड सहित कन्चन—सुदर्शन (कसु)गुटले आफ्नो पलायनवादी दृष्टिकोणको ढाकछोपका लागी यस प्रकारका भ्रामक प्रचार—प्रसारको सहारा लिन पुगेको छ । अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा नकारात्मक विरासतका रुपमा विरलै देखापर्ने यो प्रवृत्ति निम्न पुँजीवादी रोमान्तिज्ममा आधारित रहेको छ । यसले व्यक्तिवादी अराजकतावाद, पलायनवाद र फुटवादलाई प्रसय दिने काम गर्दछ । यो आलेखमा व्यक्तिवादी अराजकतावाद, पलायनवाद र फुटवादमा आधारित कसु गुटद्धारा फैलाइएका विभिन्न भ्रामक तथ्यहिन र कपोकल्पित प्रचार—प्रसारका वारेमा संक्षिप्त चर्चा गर्नु उपयुक्त ठानिएको छ ।

पार्टी पुनर्गठन,नेतृत्व निर्माण र पार्टीका संश्लेषणहरु—नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा सञ्चालन गरिएका विभिन्न संघर्षहरु मध्ये जनयुद्धको विशेष र ऐतिहासिक योगदान रहेको छ । जसको जगमा खडा भएको जनआन्दोलनको वलले नेपालमा लामो समयदेखि सत्तासीन सामन्ती राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमा पुराएको थियो । कम्युनिस्ट पार्टीको मूल रणनैतिक उद्देश्य मानव समाजलाई वैज्ञनिक समाजवाद र साम्यवादमा पुराउनु हो । जव जनयुद्धले रणनैतिक प्रत्याक्रमणको चरणमा प्रवेश गर्यो, तव प्रचण्ड—वावुरामहरुमा आत्मसमर्पणवाद र विसर्जनवादको समस्या पैदा भयो  । चुनबाङको ऐतिहासिक केन्द्रीय समितिको वैठक, १२ बुँदे समझदारी सहितका विभिन्न सहमतिहरु सहितका पाँच वर्षहरुका घटनाक्रमहरुले प्रचण्ड—वावुरामहरुलाई संसद्वादतिर आकर्षण गरिरहेको थियो ।  त्यसका विरुद्ध विभिन्न राष्ट्रिय भेला, विस्तारित वैठक र केन्द्रीय समितिका वैठकहरुका कमरेड किरण—विप्लवहरुले निरन्तर खवरदारी गरिरहेका थिए । क्रान्तिकारी नेता तथा कार्यकर्ताहरुले देशव्यापी रुपमा वृहत र व्यापक वहस र छलफलहरु सञ्चालन गरिए तर मुल नेतृत्व रुपान्तरण हुनुको सट्टा एकपछि अर्को गर्दै संसदवादका सामु आत्मसर्मपणवाद र विसर्जनवादको जालोमा परेपछि मुल पार्टी र नेतृत्वका विरुद्ध विद्रोह गर्दै कमरेड किरणको नेतृत्वमा नेकपा—माओवादीको पुनर्गठन गरियो । कमरेड किरणको नेतृत्वमा पुनर्गठन गरिएको नेकपा–माओवादी पार्टीमा करिव दुई वर्षको दौरानमा तीन प्रकारका धारहरु देखा परे । पहिलो—क्रान्तिकारी धार, जसको नेतृत्व कमरेड विप्लवले गर्नुभएको थियो । जसले वैज्ञानिक समाजवादी सत्ताको स्थापनार्थ सम्पुर्ण कामहरु क्रान्तिको तयारी सहितको कार्यक्रम वनाउन चाहन्थ्यो । दोश्रो—संसदवादी धार, जसले प्रचण्डसँग पार्टी एकता गरेर या अरु नेपाली काँग्रेस–एमाले लगायतका संसदवादी पार्टीहरुसँग मिलेर सरकारमा सहभागी हुन चाहन्थ्यो, जसको नेतृत्व वादल—गुरुङहरुले गरिरहेका थिए । जुन समुह केही समयपछि पार्टी एकताको नाममा प्रचण्ड–वावुरामको टाङमुनी छिरेको थियो । तेश्रो धार—जडसुत्रीय तथा अर्कमन्यतावादी धार, जसले क्रान्तिकारी झण्डाको रक्षा गर्ने कुरालाई मात्र जोड दिन्थ्यो, क्रान्तिकारी कार्यदिशा र कार्यक्रम सम्वन्धी कुनै प्रष्ट दृटिकोण थिएन । जसको नेतृत्व किरण—गजुरेल समुहले गरिरहेका थिए । यस प्रकारको त्रिकोणात्मक अन्तरपार्टी संघर्षमा नेपाली क्रान्तिको स्पष्ट खाका र योजनाको सम्भावना नदेखिएको अवस्थामा कमरेड किरणसँग सम्वन्ध विच्छेद गर्दै कमरेड विप्लवको नेतृत्वमा दोश्रो पटक पार्टी पुनर्गठन गरियो । नेपाली कम्युनिस्ट आन्दोलनमा आफ्नो स्थापना यता प्रयोगमा ल्याइएका दुई कार्यदिशा दीर्घकालीन जनयुद्ध र अल्पकालीन सशस्त्र विद्रोहको कार्यदिशाको विकसित रुपमा एकीकृत जनक्रान्तिको कार्यदिशाको संश्लेषण र प्रयोग सहित पार्टीले कार्यनीतिक श्रृङखलाको विकास र प्रयोग गर्दै अगाडी वढिरह्यो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका साथै सामाजिक विकृति र विसंगतिका सवालहरुमा सञ्चालन गरिएका संघर्षको श्रृङखलाहरुको पृष्टभूमिमा पार्टी माथि दुई वर्षको कठोर प्रतिवन्ध र दमन लादियो । आन्तरिक दुर्घटना र राज्यद्धारा कथित इन्काउन्टरको वाहनामा गरिएका हत्याकाण्डहरु गरी एक दर्जन नेता÷कार्यकर्ता तथा कमाण्डरहरुले वलिदान गरे । देशव्यापी वाइस सयभन्दा वढी पार्टीका नेता÷कार्यकर्ताहरुलाई गिरफ्तार गरि वन्दी वनाइयो । पार्टीले गरेको राजनैतिक तथा फौजी प्रतिरोधका कारण तत्कालिन सरकारसँग २०७७ फागुन २१ गते ३ वुँदे सहमति सहित पार्टी खुला मोर्चामा सहभागी वन्दै आफना घोषित लक्ष्य–उद्देश्यहरु प्राप्त गर्न अघि वढिरहेको छ । यी कुराहरुले स्पष्ट गर्दछ कि कन्चन—सुदर्शन (कसु) गुटको विभिन्न आरोप तथा भ्रमहरुलाई खण्डित गर्दै अन्तरपार्टी संघर्ष र वर्गसंघर्षका तमाम घुम्ती मोडहरु पार गर्दै हामी यो विन्दुसम्म पुग्दा हाम्रो नेतृत्व, नेतृत्वद्धारा संश्लेषित पार्टी कार्यदिशा र नीति तथा योजनाहरु सही एवं वस्तुवादी सावित हुन पुगेका छन् । आजको परिस्थितिमा सही र वस्तुवादी विचार र कार्यदिशाको निर्माणमा नेतृत्वले गरेको बौद्धिक मेहनतलाई व्यक्तिवादी अराजकतावादीहरुले गरिरहेको न्युनीकरण र हमलाको प्रतिरोध गर्दै पार्टीद्धारा संश्लेषण गरिएका विचार, नेतृत्व र कार्यदिशाको रक्षा गर्नु आजको आवश्यकता वन्न गएको छ ।

कम्युनिस्ट पार्टी र जनवादी केन्द्रीयताको अभ्यास—पेकपा साइनिङ पाथका अध्यक्ष कमरेड गोन्जालोका अनुसार कम्युनिस्ट पार्टी जनआधारित पार्टी नभई कार्यकर्ता आधारित पार्टी हो तर यो जनचरित्रयुक्त पार्टी चाही हो । यसको सञ्चालन र परिचालनका आफ्नै सिद्धान्त र नियमहरु छन् । जसलाई हामी जनवादी—केन्द्रीयताको सिद्धान्त भन्दछौं । कमरेड लेनिनद्धारा प्रतिपादन गरी प्रयोगमा ल्याइएको कारण यसलाई लेनिनवादी सिद्धान्त पनि भनिन्छ । यसको सार तत्व “छलफलमा स्वन्त्रता र काम कार्वाहीमा एकरुपता”मा आधारित रहेको हुन्छ । जुन निम्नानुसार व्यतm हुने गर्दछ—(क)—हरेक व्यक्ति संगठनको मातहतमा रहन्छ, -ख)—तल्लो समिति उपल्लो समितिको मातहतमा रहन्छ, अल्पमत वहुमतको मातहत रहन्छ र पार्टी केस राष्ट्रिय सम्मेलन वा महाधिवेशनको मातहत रहन्छ । यसले यो तथ्यलाई स्पष्ट गर्दछ कि कम्युनिस्ट पार्टीमा वृहत जनवादको अभ्यास गरिन्छ । तर यस प्रकारको वृहत जनवाद अभ्यासको विपरित कन्चन—सुदर्शन गुट स्थानिय चुनावको कार्यनीतिक विषयलाई लिएर पार्टीवाट पलायन हुन पुगेका छन् । राष्ट्र र जनता तथा पार्टी र क्रान्तिप्रतिको गैर माक्र्सवादी चिन्तनका कारण यो गुटले कम्युनिस्ट आन्दोलनमा गद्दारी गर्दै वर्ग दुश्मनलाई सहयोग गर्न पुगेको छ । करिव आठ वर्षको पार्टी जीवनमा नेतृत्व र कार्यदिशाप्रति कुनै वहस र छलफल नै नगरि एकाएक पार्टीवाट पलायन भएको यो प्रवृत्तिले सामान्य मानवीय धैर्यता समेत गुमाएर पार्टी नेतृत्व तथा आन्दोलनका वारेमा तथानाम गर्दै आफ्नो वास्तविक चरित्र प्रस्तुत गर्न पुगेको छ । निकटमै आयोजना हुन गइरहेको नवौ महाधिवेशन अझ एकाध हप्ताभित्रै हुन गइरहेको केसको पूर्ण वैठकसम्म पनि धैर्यता गर्न नसक्ने निम्न पुँजीवादी रोमान्सवादी सोचाइका कारण कसु गुट अन्तत पलायनवादको शिकार वन्न पुग्यो । पार्टीमा जनवादी केन्द्रियताको अभ्यास गर्नुको साटो गुटवन्दी गर्ने, आन्तरिक छलफलका विषयहरु वाह्य सञ्चार माध्यामहरुलाई दिने, नेतृत्व–कार्यदिशा र आन्दोलनका वारेमा अनाधिकृत वक्तव्य जारी गर्ने, विभिन्न सञ्चार माध्यमहरुमा पार्टी नीति विपरित अन्तरवार्ता दिनु कसु गुटका क्रान्तिकारी कदम हुन् ।

नेतृत्व र कार्यदिशाका वारेमा चलाइएका विभिन्न भ्रामक प्रचार — कन्चन—सुदर्शन गुटले नेतृत्व र आन्दोलनका वारेमा यति गैरजिम्मेवार र निम्न स्तरको प्रचार—प्रसारको तरिका अवलम्वन गर्न पुगेको छ कि यसले उनीहरुको सैद्धान्तिक स्तरलाई मापन गर्दछ । सैद्धान्तिक र वैचारिक रुपमा आफुलाई निकै अब्वल ठान्ने यो प्रवृत्तिले आफ्ना निर्णयहरुका विरुद्ध आफैलाई खडा गर्न पुगेको छ । जस्तो कि उनीहरुले तर्क र प्रचार गरेका छन्—पार्टीको मुल नेतृत्व संसदवादमा गयो, पार्टीद्धारा संश्लेषण र प्रयोग गरिएका दार्शनिक मान्यताहरुलाई गलत ढंगले प्रयोग गरियो, महासचिवले नीजि आवास वनायो, पार्टी कार्यालयको नाममा दरवार निर्माण गरियो, सयौं विघा जमिन खरिद गरियो, आर्थिक पारदर्शी गरिएन, युवाहरुलाई लजिष्टीक्स र अन्य व्यवस्थापनमा ध्यान दिइएन आदि । यी तर्क र प्रचारहरु तथ्यहिन र मनोगत सिवाय केही होइनन् । प्रचण्ड—वावुरामले खरानी वनाएको कम्युनिस्ट पार्टीलाई पुनरसंगठित गर्नु सजिलो विषय अवश्य थिएन । देशव्यापी कम्युनिस्ट पार्टीको पुनर्गठन अभियान सञ्चालन  गरिरहदा सुदर्शनले भएभरको ताकत लगाएर हाम्रो नेतृत्व र आन्दोलनको विरुद्ध विषवमन गरेको कुरा दिनको घामझै छर्लङ्ग रहेको छ । पछि उहाँले तपाईहरुले छिटो बुझ्नु भयो मैले प्रचण्डलाई ढिलो वुझेँ भन्दै पार्टीमा संलग्न हुनुभयो । कयौं छलफल पश्चात उहाँलाई हामीले नेता वनायौं । उहाँले काम गरेको क्षेत्रमा अधिकांश साथीहरु उहाँले नै कन्भिन्स गरेर प्रचण्ड समुहमा रहे भने उहाँको आगमनपछि कयौं इमान्दार साथीहरु पार्टीवाट पलायन हुन पुगे । करिव सात वर्ष लामो सहकार्य र पार्टीका वैचारिक संश्लेषण र त्यसको प्रयोगका दौरानमा कुनै वहस नै नगरि स्थानीय चुनावको कार्यनैतिक विषयलाई लिएर नेतृत्व संसदवादमा गयो भन्नु विचार, राजनीतिमा कतैवाट पनि मेल खादैन । केन्द्रीय समितिद्धारा पारीत प्रस्तावमा प्रष्ट रुपमा भनिएकोछ “यो व्यवस्थाभित्र जुनसुकै रुप र स्तरका चुनाव भएपनि ती संसदीय व्यवस्थाको सुधार र वचाउका लागी प्रयोग गरिने प्रणालीहरु हुन् । यसर्थ चुनाववाट मात्र संसदीय व्यवस्थालाई जनताको व्यवस्था अर्थात् वैज्ञानिक समाजवादमा परिवर्तन गर्न संभव भएन र छैन ।” त्यस्तै अर्को हरफमा उल्लेख गरिएको छ “चुनाव क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागी कुनै रणनैतिक महत्व राख्ने विषय नभएर कार्यनैतिक विषय मात्र हो । कार्यनीतिक विषय हुनुका कारण ठोस परिस्थिति अनुरुप क्रान्तिकारीहरुले संघर्षको मोर्चाका रुपमा कहिले वहिष्कार र कहिले उपयोग गर्दै आएका छन् ।” विषयको यी प्रष्ट र स्पष्ट तथ्यहरुले नेतृत्व संसदवादमा गएको देखाउछ त ?

जहाँसम्म पार्टीद्धारा संश्लेषण गरिएको “विपरितहरुको एकत्वको नियम कम्युनिस्ट पार्टीको र यसले सञ्चालन गर्ने दुइलाईन संघर्षमा हुवहु लागु हुन सक्दैन । पार्टी सजातीयहरु वीचको सवर्गीय मान्यताका आधारमा निर्माण, सञ्चालन र परिचालन गर्नुपर्दछ । ‘कसु’ गुटको वर्तमान व्यवहारले उक्त सैद्धान्तिक मान्यतालाई प्रमाणित गर्दैन र ? उनीहरुले यो आरोप लगाउने गरेका छन् कि माथि उल्लेखित सैद्धान्तिक मान्यतालाई गलत ढंगले अर्थात् आफ्नो आलोचना गर्नेहरुलाई वाईपास गरि दुरुपयोग गरियो । हाम्रो पार्टीमा वृहत जनवादको अभ्यास चल्दै आइरहेको छ । आफ्ना मतभेदहरु सम्वन्धित कमिटीमा राख्ने, वहस छलफल गर्ने चित्त नवुझेमा फोरम सञ्चालन गर्दै राष्ट्रिय सम्मेलन वा महाधिवेशनमा पेश गर्नु पर्दछ । उक्त प्रस्ताव महाधिवेशनले अनुमोदन गरेमा नीतिमा परिणत हुन्छ गलत भएमा प्रस्तावकले उक्त प्रस्ताव फिर्ता लिनुपर्दछ । कसु गुटले कम्युनिस्ट पार्टीको उपरोक्त मान्यतालाई सिधै खारेज गरेर जनवादी केन्द्रियताको खिल्ली उडाएको छ । उनीहरुले भ्रम फैलाएका अन्य विषयहरुमा महासचिवले नीजि आवास वनाएको, पार्टी कार्यालयका नाममा भव्य दरवार वनाएको, जमिन खरिद गरेको आदि विषयहरु छन् । ती केन्द्रीय समितिका संस्थागत निर्णयमा आधारित रहेका छन् । कम्युनिष्ट आन्दोलनको एउटा स्कुल नै यस्तो ढोगी र पाखण्डी छ कि भनाइ र गराईमा ठूलो अन्तर रहनु । संस्थागत ढंगले निर्णय गरेर काम गर्नुभन्दा लुकेर काम गर्नु हद दर्जाको सामन्तवादी सोचाइको उपज हो । यसका विरुद्ध संश्लेषण गरिएको हाम्रो पार्टीको ऐतिहासिक आठौं महाधिवेशनको दिशा निर्देशन अनुसार नै यी कामहरु अगाडी वढिरहेका छन् । आर्थिक अपारदर्शिता र युवाहरुको व्यवस्थापनमा उदासिनताको आरोप पनि तथ्यहिन रहेको छ । बरु तथ्य यो हो कि उनीहरुले नै पार्टीको सार्वजनिक सम्पत्तिको हिनामिना र दुरुपयोग गरेको कुरालाई विषयान्तर गर्न यस प्रकारको वकवासपूर्ण भ्रम सिर्जना गरिएको कुरा प्रष्ट छ छैन र ?

केही नकरात्मक तथ्य र कसु गुटका गतिविधि— अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि केही नकरात्मक विरासतहरु रहेका छन् कि जुन पार्टी र क्रान्ति एवं देश र जनताको हितमा होइन, बरु सीमित गुट या नीजि जीवनसँग जोडिएको हुन्छ । जव आफ्नो गुट या नीजि जीवनमा धक्का लाग्न पुग्दछ, तब उनीहरुले नेतृत्व र आन्दोलनका सकारात्मक पक्षहरुलाई नकरात्मक रुपमा देख्न पुग्दछन् । अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखा परेको नकरात्मक विरासतको अंशगत दृष्टान्तलाई हेरौं—पहिलो, अन्तराष्ट्रियको समयमा षड्यन्त्रकारी वाकुनिनले लेखेका थिए, “म तपाईको–माक्र्सको शिष्य हुनुमा मलाई गर्व छ ।” पछि जतिवेला उनी पहिलो अन्तराष्ट्रियको नेतृत्व हत्याउनका लागी सफल भएनन् त्यतिवेला उनले माक्र्सलाई गाली गर्दै भनेका थिए–“एकजना जर्मन र यहुदी हुनुका कारण उ टुप्पीदेखि पैतलासम्म निरङ्कुशतावादी र तानाशाह छ ।” दोश्रो अन्तराष्ट्रियको कालमा गद्दार काउत्स्कीले लेनिनमाथि हिलो छयाप्दै “माक्र्सवादलाई केवल राजधर्मको स्तरसम्म पतन गराएको भनेर लेनिनको तुलना एकेश्वरवादीहरुको ईश्वर” सित गरेको थियो । तेश्रो अन्तराष्ट्रियताको कालमा गद्दार ट्राटस्कीले पनि त्यसरी नै स्टालिनमाथि हिलो छ्याप्नका लागी तानाशाह, निरङ्कुश, जुवाडे, तस्कर आदि भाषाको प्रयोग गरेको थियो । माओद्धारा प्रतिपादन गरि प्रयोग गरिएको महान सर्वहारा सांस्कृतिक क्रान्तिलाई एक दशक लामो कालो अध्यायको रुपमा चित्रण गर्दै देङ–ल्यूसाओचि गुटले माओको मृत्यु भएको २८ दिनपछि सांस्कृतिक क्रान्तिका नेताहरु–चियाङचिङ, चाङचुङ, चवाओ, वाङहुन वेयन र यान हेन युवानलाई गिरफ्तार गरियो र क्रमशः मृत्युदण्ड, आजीवन कैद तथा २० वर्षे कैदको फैसला सुनाइयो । पछि १९८१ जुन २७ मा केसको पूर्ण अधिवेशनले सांस्कृतिक क्रान्तिका चार गलत–सोचाइमा गलत, नीतिमा गलत, योजनामा गलत र कार्यान्वयनमा गलत भनेर संश्लेषण गर्यो । नेपाली कम्युनिस्ट आन्दोलनमा पनि कयौं नकरात्मक विरासतहरु रहेका छन् । जसले कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति गरेको छ । कसु गुटको राजनैतिक आवरणमा व्यक्त भएको व्यक्तिवादी अराजकतावादी क्रियाकलाप अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको नकरात्मक विरासतकै आयामको निरन्तरता वाहेक केही पनि होइन । 

देश—जनता तथा पार्टी र क्रान्तिप्रतिको हाम्रो जिम्मेवारी—आज एकातिर कसु गुटद्धारा पार्टीको मूल नेतृत्व, पार्टी कार्यदिशा र सिंगो आन्दोलनका विरुद्ध आक्रमण गरिएको छ भने अर्कोतिर राष्ट्रिय स्वाधिनता, भ्रष्ट्राचार, महंगी, वेरोजगार लगायतका समस्याहरुले जनतालाई आक्रान्त तुल्याएको छ । यस प्रकारको विषम परिस्थितिमा एकातिर हामीले व्यक्तिवादी अराजकतावाद र पलायनवादका विरुद्ध सशक्त वैचारिक संघर्ष गर्दै उनीहरुद्धारा नेतृत्व, पार्टी कार्यदिशा र आन्दोलनका वारेमा फैलाइएका भ्रमहरुलाई साफ गर्दै पार्टीलाई सुदृढ र एकतावद्ध गर्नु परेको छ भने अर्कोतिर दलाल संसदीय व्यवस्थाले राष्ट्र र जनतामाथि थोपरेको विभिन्न उत्पीडनको विरुद्ध संघर्षको नेतृत्व गर्नुपरेको छ । निश्चय नै यी कामहरु त्यति सहज छैनन् तैपनि हामीले यी क्रान्तिप्रतिको जिम्मेवारीलाई योजनावद्ध रुप दिएर अगाडी वढाउनु पर्दछ । हामीले पार्टी आन्दोलनमा वेला मौकामा देखापर्ने व्यक्तिवादी अराजकतावाद, गुटवाद र फुटवादका वारेमा चौतर्फी भण्डाफोर गर्दै आन्तरिक पार्टी जीवनमा यसका विरुद्ध योजनावद्ध स्कूल सञ्चालन गर्नुपर्दछ । व्यक्तिवादी अराजकतावाद जसको रुप फुटवाद र पलायनवादमा व्यक्त हुन्छ, त्यसका विरुद्ध मालेमावादलाई हावी वनाएर मात्र पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्न सम्भव छ । यस्तो पार्टी जो क्रान्तिकारी, एकतावद्ध र फौजीकृत बनोटको होस् जसले जस्तोसुकै प्रतिकुलताहरुमा पनि आफुलाई क्रान्तिकारी सावित गर्न सकोस् । वैज्ञानिक समाजवादी सत्ताका स्थापनार्थ समय सापेक्ष मालेमावादी विचारको विकासका साथै जनवादी–केन्द्रीयताको सजीव अभ्यास, अनुशासित र वलियो कम्युनिस्ट पार्टी निर्माण गर्नु हाम्रो पहिलो गहन जिम्मेवारी हो । त्यसरी नै राज्यसत्ताद्धारा राष्ट्र र जनतामाथि लादिएका विभिन्न उत्पीडनहरुका विरुद्ध चौतर्फी र सशक्त संघर्ष गर्नु हाम्रो दोस्रो जिम्मेवारी रहेको छ । आज देश र जनताका विरुद्ध जबर्जस्ती एमसीसी सम्झौता लादिएको छ र नेपाललाई नवऔपनिवेशीकरण गरिएको छ । सन् १८१६ को सुगौली सन्धि पश्चात निरन्तर रुपमा एकपछि अर्कौ सम्झौता लादिदै आएको छ । केवल आफ्नो व्यक्तिगत स्वार्थका लागी पदधारण गर्ने सामन्तवादी व्यवस्था र दलाल संसदिय व्यवस्थाका कारण देश अर्धऔपनिवेशिकरण हुँदै नवऔपनिवेशीकरण अवस्थामा पुगेको छ । यो अवस्थामा हामीले राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई सशतm वनाउदै दलाल संसदीय व्यवस्थाका कारण पैदा भएको वेरोजगारी, महंगी, भ्रष्ट्राचार र सामाजिक विकृति र विसंगतीका विरुद्ध सशक्त संघर्ष सञ्चालन गर्नु आजको अपरिहार्य आवश्यकता वनेको छ । पार्टीका यिनै दुई जिम्मेवारीहरुलाई हामीले वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्ने कार्यनैतिक शृङ्खलासँग जोडेर अगाडी वढाउनुपर्दछ ।