एमसीसीविरुद्ध देशभक्तहरुको प्रतिरोध अनिवार्य छ : घर्ती मगर

अनिल नेपाली, अर्घाखाँची ६, फागुन/  नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले राष्ट्रघाती एमसिसि परियोजनाका विरुदमा आज मालारानी गाँउपालिकाको खनदह र सितगंगा नगरपालिकाको चाक्लामा विरोश प्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ । सितगंगामा भएको कार्यक्रमलाई सम्वोधन गदै जिल्ला सेक्रेटरी खेम घर्ती मगरले राष्ट्रघाती एमसिसि नेपाल र नेपाली जनताको पक्षमा नहुदा हुदै पनि ससदमा बर्तमान सरकारले लगेर पेश गर्न खोज्नु नेपाली जनता र नेपालको स्वाधीनता माथिको गम्भीर प्रहार भएको बताउनुभएको छ ।

नेता घर्तीले बर्तमान सरकारले देशको राष्ट्रिय स्वाधीनता सार्वभौमसत्ता माथि कदम चाले नेपाली जनताले कार्यबाही गर्ने बताउदै सरकार जनताका समस्या प्रति जिम्मेबार नबन्नु दुखको कुरा भएको बताउदै एमसिसिको बाहनामा देशमा भएका प्राकृतिक सम्पदाको दोहन गरेर नेपाललाई भरुभुमि बनाउने बर्तमान प्रधानमन्त्री लगायतका सत्ताधीन पार्टीका नेताको सोच रहेकोले नागरिकले प्रतिबाद गनुपर्ने बताए । एक फरक प्रसगमा देशमा भएका अन्याय अत्चार भ्रष्टाचारका कुरा उठान गर्दा बर्तमान सरकारले आफ्ना कार्यकर्तालाई फरक द्धृष्टिले सोचेकोले त्यसको हिसाब किताब समेत आफुहरुले गर्ने बताए ।

मालारानीमा भएको कार्यक्रमलाई जिल्ला सदस्य नविन खड्काले सम्वोधन गदै एमसिसि नेपाल र नेपाली जनताको हितमा नभएकोले एमसिसीको पक्षमा कुरा गर्ने राजनितिक दल सबैलाई बहिष्कार गर्ने एमसिसी सम्झौतामा हस्ताक्षर गर्ने सासदलाई जिल्ला बहिष्कार गनुपर्ने बताए । कार्यक्रममा युबा सगठनका जिल्ला उपाध्यक्ष सुनिल नेपाली जनसमाजबादी पार्टी नेपालका केन्द्रिय कमिटि सदस्य एमबी सुनार नेपाल कम्युनिस्ट पार्टीका सितगंगा नगरपालिका ४ न सयोजक बृद्धिराम भुसाल अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पदम नेपाली लगायतले कार्यक्रममा मन्तब्य राख्नुभएको थियो ।