अखिल (क्रान्तिकारी) मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा ज्ञापनपत्र पेश

अखिल (क्रान्तिकारी) मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा ज्ञापनपत्र पेश

मकवानपुर। नेकपा निकट अखिल (क्रान्तिकारी) मकवानपुरले आज हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। शिक्षाक्षेत्रमा भएको विविध समस्याहरुको समाधान गर्दै संविधानत निशुल्क शिक्षा लागु गर्न माग गर्दै उक्त पत्र बुझाएको हो।

बुधबार हेटौंडा उपमहानगरपालिकामा पुगेर अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज विकेक घलान र उपाध्यक्ष सुर्य बहादुर गोलेको नेतृत्वको टिमले उक्त ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा र उप मेयर राजेश बानियाँ मार्फत बुझाइएको हो।

आजको समयमा पनि सामुदायिक र निजि विद्यालयको नाममा भैरहेको विभेदकारी शिक्षालाई समान शिक्षाको रुपमा लागु गर्नु राज्यको दायित्व भएता पनि राज्य सन्चालकहरुले उक्त दायित्वबोध नगरेको कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

त्यस्तै नेपालको संविधान २०७२ को भाग २ अन्तर्गत धारा ३१ को उपधारा २ मा उल्लेख गरे अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको निशुल्क शिक्षा लागु गर्न समेत जोड्दार माग गरेको छ। संविधानमै व्यवस्था गरेको शैक्षिक अधिकार तत्काल लागु गर्न, गराउन पहल नगरे अखिल (क्रान्तिकारी) कडा संघर्षमा उत्रिन बाध्य हुने कुरा समेत ज्ञापनपत्रमा उल्लेख गरेको छ।

साथै दिनप्रतिदिन पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि घटाउन र अन्य उपभोग्य वस्तुमा देखिएको मूल्य वृद्धिको असर न्यूनीकरण गर्न तत्काल पहल गर्न पनि ज्ञापनपत्र मार्फत उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ। यसरी अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष ललित घलानको हस्ताक्षरित ज्ञापनपत्र नगरपालिकामा बुझाएको हो।