नेकपा रुपन्देहीको गाउँ / नगर स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

बुटवल । नेकपा रुपन्देहीको गाउँ  / नगर स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न बुटवल । नेपाल कम्यनिस्ट पार्टी रुपन्देहीले गाउँ र  नगर स्तरिय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृतिले नेपाललाई साम्राज्यवादी शक्तिले हस्तक्षेप गर्नु साम्राज्यवाद संकटको अन्तिम विन्दु रहेको बताए ।

उनले नेपालमा अत्याधिक मूल्यवृद्वि हुनुमा युक्रेन र रुसको प्रभाव मात्र नभएर मूख्य कारण नेपालका संसदवादी दलहरुले नेपालको अर्थतन्त्रमा गरेको कमिसन खोरका कारण नेपाली जनताले अत्याधिक मूल्यवृद्वि बेर्होनु परेको बताए । कृतिले आफुहरु सङ्घर्षको हिसाबले राष्ट्रियताको मुद्दालाई प्रमुख बनाएर अगाडी बढिरहेको बताउँदै अहिले भइरहेको मूल्य वृद्विविरुद्व पनि निरन्तर लाग्ने बताए । 

उनले नेकपाले स्थानिय निर्वाचनलाइ कार्यनीतिको रुपमा प्रयोग गरेर जाने पार्टीको योजना अनुरुप पार्टीले स्वतन्त्र रुपमा भाग लिएको कुरालाई लिएर केही चिन्तनमा फुटवाद बोकेका गैर क्रान्तिकारी तप्काको पलायन भएका समुहहरु पार्टीबाट पलायन भएको बताए । कार्यनीति कहिले सशस्त्र र कहिले निसशस्त्र हुन्छ र परिस्थितीले निर्धारण गर्ने बताए । 

कार्यक्रमा बोल्दै नेकपाका केन्द्रिय सदस्य संजिवले एकीकृत जनक्रान्तिको कार्यदिशा विचारमा रुपान्तरण गर्ने बताए । उनले अहिले पार्टीले प्रयोग गरेको स्थानिय चुनाव कार्यनीति विषय रहेको र यसलाई अहिलेको गतिको रुपमा बुझ्नुपर्ने बताए । नेकपाले चुनावको कार्यनीति प्रयोगको निति ठिक थियो भन्ने नेकपाको निचोड रहेको बताए ।

नेकपा जिल्ला सदस्य तथा सैनामैना नगर सेक्रेटरी बर्षाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता नेकपा जिल्ला सेक्रेटरी विश्वास र नेकपा जिल्ला सदस्य तथा १ नम्बर कमाण्ड इन्चार्ज बिरेन्द्र बिकले गरेका थिए ।