रुपन्देहीमा दुई विद्यार्थी संगठनद्वारा संयुक्त विरोध प्रदर्शन कार्यक्रम

रुपन्देहीमा दुई विद्यार्थी संगठनद्वारा संयुक्त विरोध प्रदर्शन कार्यक्रम

पदम पराजुली,बुटवल । पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि  र राष्ट्रघाती  एसपिपि सम्झौताको विरुद्ध अखिल (क्रान्तिकारी)  रुपन्देहीले संयुक्त  बिरोध प्रदर्शन कार्यक्रम नेपाल आयल निगमको भलबारी डिपो अगाडि सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) रुपन्देही जिल्ला संयोजक पदम पराजुलीले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता नलिएको खण्डमा अखिल क्रान्तिकारीले जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने बताए साथै एसपिपी संझौता नेपालको राष्ट्रिय स्वाधिनताको पक्षमा,नेपाली जनताको पक्षमा ,नेपालको विकास निर्माणको पक्षमा नभएको र राष्ट्रघाती संझौता भएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका नेता दिलबादुर चुदाराले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिले जनता हरु मारमा परेको र राष्ट्रघाती सरकारले जनताको पक्षमा कुनैपनी काम गर्न नसकेकोले तत्काल राजिनामा दिनुपर्ने बताए ।

उक्त कार्यक्रममा सयौंको संख्यामा विद्यार्थी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी)का नेता मनोज थापाले गरेका थिए ।