अखिल (क्रान्तिकारी) कपिलवस्तुले पेट्रोलियम पदार्थ मूल्य वृद्विविरुद्व विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी) कपिलवस्तुले पेट्रोलियम पदार्थ मूल्य वृद्विविरुद्व विरोध प्रदर्शन

कपिलवस्तु । अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा  पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि बिरुद्ध बिरोध प्रदशन कार्यक्रम सम्पन्न भएको छ ।  वर्तमान देउवा नेतृत्व को सरकारले पटक–पटक जनताको ढाड सेक्ने गरि मूल्य वृद्वि गरेको प्रती आफुहरु आन्दोलित भएको  संगठनका कपिलवस्तु संयोजक सपना खनालले बताउनु भयो ।

मूल्य वृद्वि विरुद्वको  कार्यक्रम,सिदार्थ क्याम्पस बुन्चिको अघाडि महेन्द्र राजमार्गमा करिव ३५ मिनेट,सवारीसाधन आवतजावत बन्द गरि टायर बाली नारा जूलूस भएको थियो । उक्त विरोध सभालाइ सम्बोधन गर्दै संगठनका केन्द्रिय सचिवालय सदस्य बिज्ञान क्षेत्रीले दलाल पुँजीवादी सत्ता संकटमा रहेको र यसको उपज  जनताको चुलो बन्द गर्ने गरि पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरेकोप्रती संगठनको गम्भीर ध्यानाकर्षण भएको ,उहाँले बताउनुभयो ।

साथै उहाले तत्काल कमिसनखोर सरकारले मूल्य वृद्धि फिर्ता नगरे थप चरणवद्द आन्दोलन जाने उहाँले बताउनुभयो । देश र जनतालाइ हरेक खालको संकटबाट मुक्त गर्न आम बिद्यार्थी,अभिभावक,बुद्धिजिवि सबै संघर्षमा जुट्नुको  बिकल्प नरेहेको ठोकुवा गर्नुभयो ।

कार्यक्रममा संगठन केन्द्रिय सदस्य करिस्मा भट्टराई,सिदार्थ क्याम्पसको संयोजक विष्णु भट्टराई लगायत  जिल्ला सद्स्य,इकाइ सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रम संगठन जिल्ला संयोजक सपना खनालले गर्नुभएको थियो ।