कपिलवस्तु धानखोलामा पहिरो खस्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कपिलवस्तु धानखोलामा पहिरो खस्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बुटवल । निरन्तर वर्षाका कारण पहिरो खसेपछि कपिलवस्तुस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

चन्दौटा- भालुवाङ सडकखण्डको धानखोलामा पहिलो खसेपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

 जिल्ला ट्राफिक प्रहरी कार्यलय कपिलवस्तुका अनुसार निरन्तर बर्षाका कारण धानखोला नजिकै सडकमा पहिरो खस्दा बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खोल्न केही समय लाग्नेछ प्रहरीले जानकारी दिएकाे छ ।