बुटवल प्रगतिनगरका किशोर बहादुर नेपालीको शव बाढीले बगाएको अवस्थामा फेला

 बुटवल प्रगतिनगरका  किशोर बहादुर नेपालीको शव बाढीले बगाएको अवस्थामा  फेला

बुटवल । बुटवलको तिनाउ खोलाको  बाढीले बगाएको ल्याएको शवको पहिचान खुलेको छ । प्रगतिनगरमा फेला परेको शव बुद्धनगरका ६५ वर्षिय किशोरबहादुर नेपाली भएको प्रहरीले पुष्टी गरेको छ ।

उनी मध्यराती खालामा किन र कसरी गए भन्ने बिषयमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

प्रहरी र स्थानीयको सक्रियतामा शव नदीको किनारमा ल्याईएको छ । मृत्युको कारण पोष्टमार्टम र अन्य अनुसन्धानपछि मात्र खुल्न सक्ने डीएसपी केसीले बताए ।