नेकपाविरुद्ध चलाइएका भ्रामक हल्लाहरु


१. केही महिनायता नेकपाका विरुद्ध शृंखलाबद्ध रुपमा रातोखबर लगायत विभिन्न अनलाइन, सामाजिक सन्जालमार्फत भ्रामक हल्लाहरु चलाइएको छ । बर्खाको झरिमा जस्तैनेकपाविरुद्ध सानोतिनो बाढी नै आएको छ । यो बाढी क्षणिक त हुन्छ नै, तर असावधानी अपनाउँदा यो बाढीले कतिपयलाई बगाउन सक्छ तर हामी आत्तिहाल्नुपर्ने अवस्था छैन । हिँउदमाससँगै यो बाढी आफै सुनसान खण्डहरमा परिणत हुन्छ । 

२. नेकपा विरुद्धको विषवमन राजनीतिक विचारको स्तर र उपज नभएर धर्मेन्द्र र सुदर्शनको व्यक्तिगत आक्रोश, कुण्ठा र पूर्वाग्रह नै मुख्य रहेको छ । कुनै वादविवाद, तर्क–प्रतितर्क गर्ने उद्देश्यले बनाइएका विचारले क्षणिक रूपमा आनन्द त देला तर त्यसको कुनै दूरगामी उपादेयता र औचित्य हुन्न । त्यस्ता विचार पानीका फोकाझैँ हुन्छन्, जुन क्षणभरमा नै बिलाएर वा लुप्त भएर जानेछन् ।

. धर्मेन्द्र समूहले ‘विप्लवले संसदवादलाई स्वीकार गरेको’, ‘एमालेसँग एकता गर्न खोजेको’ ‘संसदीय संशोधनवाद’जस्ता निम्नस्तरको, अराजनैतिक र दार्शनिक दृष्टिले पुष्टि नहुने आरोप लगाएको छ । उनीहरुको यो कुण्ठा, असक्षमता र पूर्वाग्रहको कुनै औषधी छैन । सायद उनीहरुलाई थाहा छ, विप्लव संसदवादका विरुद्ध सबै सुविधाहरुलाई त्यागेर नयाँ पार्टी बनाएका थिए र धर्मेन्द्र–सुदर्शनहरु विप्लवको क्रान्तिकारी लाइनमा उभिएका थिए । जहाँसम्म एमालेजस्तो गैरकम्युनिस्ट, संशोधनवादी पार्टीसितको एकताको कुरा छ, यो आरोपले उनीहरुभित्रको कम्युनिस्ट पार्टीबारे निम्नस्तरको राजनीतिक बुझाई र ज्ञानको संकेत गर्दछ । बरु उनीहरुले एमालेसित एकता गर्न खोजेको कुनै प्रमाण देखाइदिए राम्रो हुन्छ । अर्को कुरा संशोधनवादको अर्थ संसदवाद हो । अर्थात् संसद् र संशोधनवाद उस्तै हो । संशोधनवादको अर्थ हो, माक्र्सवादको तोडमोड । संसदीय कम्युनिस्टहरुले यही गर्दै आएका छन् । संसदवादमा संशोधनवाद थपिरहनु पर्दैन । यहाँ ‘संसदीय संशोधनवाद’को अर्थसंसद क्रान्तिकारी पनि हुन्छ भन्ने कुरालाई धर्मेन्द्र समूहले घुमाउरो पाराले स्वीकार गरेको बुझिन्छ ।यो कुराले संसदीय व्यवस्थाविरुद्ध लडिरहेको नेकपामाथि ‘संसदीय संशोधनवाद’को आरोप आफै खण्डित भएको छ र यो प्रश्न उल्टै धर्मेन्द्र समूहतिर फर्किएको छ ।

उनीहरुका नेकपामाथि लगाएका यी आरोप कुण्ठा, आक्रोस र पूर्वाग्रहमा आधारित झुट, कपोल्कल्पित र आधारहीन रहेका छन् ।नेकपा वैज्ञानिक समाजवाद प्राप्तिका लागी एकीकृत जनक्रान्तिको प्रयोगमा छ । नेकपालाई थाहा छ, वैज्ञानिक समाजवाद बलप्रयोगबिना सम्भव छैन । अहिले वस्तुगत अवस्था तयारी भएपनि सांगठनिक अवस्था बलियो भइसकेको छैन । निर्वाचनको कार्यनीतिक प्रयोग त्यसैको भिन्न ढंगको तयारी हो । यसको अर्थ संसदीय पुँजीवादी व्यवस्थालाई स्वीकार गरेको बुझ्नु क्रान्तिको सामान्य ज्ञानलाई नबुझ्नु हो । यसले प्रकारान्तरले पुँजीवाद वा साम्राज्यवादलाई खुशी पार्नु नै हो । त्यसकारण अहिले धर्मेन्द्र समूह नेकपाविरुद्ध झुट उत्पादन गर्ने सानोतिनो कारखाना बनेको छ । उनीहरु प्रत्येक दिन नयाँ नयाँ प्रकारको झुटको खेती गर्छन् वा उत्पादन गर्छन् र सामाजिक सन्जालमार्फत आत्मरती लिइरहेका छन् । गोयवल्सहरुको चरित्र यस्तै हुनेगर्छ । 

४. नेकपाको कार्यदिशा एकीकृत जनक्रान्ति हो । एकीकृत जनक्रान्ति सशस्त्र जनविद्रोह र दीर्घकालीन जनयुद्धको सार्वभौमपक्षसहित नेपाली विशेषतामा आधारित नयाँ कार्यदिशा हो । यो बलप्रयागको सिद्धान्तसित सम्बन्धित छ । अर्थात् राज्य र क्रान्तिको मूल सिद्धान्तमा आधारित छ । तर शान्तिपूर्ण संघर्ष वा संसदबाट बहुमत ल्याएर समाजवाद ल्याउने कुरा दक्षिणपन्थी संशोधनवाद हो । यसलाई कार्यदिशाले स्वीकार गरेको छैन । कुनै पनि नीति निर्माण गर्दा कल्पनाको हवाइ उडानमा आधारित भएर होइन, यथार्थ धरातलीय अवस्थालाई नै आधार बनाउनुपर्ने हुन्छ ।अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको विशिष्टताको आधारमा क्रान्तिको बाटो तय हुन्छ । यसैका आधारमा पार्टी र क्रान्तिलाई अगाडी बढाउनुपर्दछ । नेपाली समाजको सबै विशेषतालाई एकीकृत गरेर दलाल पुँजीवादका विरुद्ध संघर्ष गर्न जरुरी छ । के अहिले पार्टी फुटाएर क्रान्तिको सेवा हुन्छ ? महान सहिद र श्रमिक जनताका सपना पुरा हुन्छ ?दलाल पुँजीवादका विरुद्ध लड्न सघाउँछ ? क्रान्तिकारीहरुलाई कमजोर बनाएर धर्मेन्द्र समूहको फुटले साम्राज्यवादको सेवा नगरेर कसको गर्छ ? दलाल पुँजीवादको सेवा नगरेर कसको गर्छ ? प्रतिक्रियावादीहरुको सेवा नगरे कसको गर्छ ? प्रष्ट छैन र !

. वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने नेकपाको रणनीतिक लक्ष्य हो । यसका लागी नेकपाले जनमत संग्रहको कार्यनीति तय गरेकोछ । कार्यदिशा र कार्यनीतिले रणनीतिलाई सेवा गर्नुपर्छ । वस्तुगत अवस्थाको आधारमा कार्यदिशा बन्छ भने आत्मगत अवस्थाको आधारमा कार्यनीति तय हुन्छ । कार्यनीतिक लचकताको नाममा वैज्ञानिक समाजवाद स्थापनाको प्रश्नलाई सुदूर भविष्यको बिषय बनाउनु हुँदैन । पार्टीमाथि चौतर्फी प्रहार भइरहेको बेला पार्टीको जनमत रक्षाका लागी निर्वाचनको प्रयोग गर्ने तत्कालीन कार्यनीति वैज्ञानिकथियो । तत्काल वैज्ञानिक समाजवादमा पुग्न पनि नसकिने र जनमत बचाउन पनि नसकिने भयो भने त्यसको परिणाम के हुन्छ ? त्यसले कसको सेवा गर्छ ? के दलाल पुँजीवाद र साम्राज्यवादको सेवा गर्नुलाई क्रान्तिकारी कार्यनीति भनिएको हो ? के प्रतिक्रियावादी र क्रान्तिविरोधीलाई सेवा गर्ने कार्यनीति चाहिएको हो ? त्यसकारण संसदीय व्यवस्थाविरुद्ध जनमत रक्षाका लागी निर्वाचनको प्रयोग वैज्ञानिक नै थियो र छ ।

. निर्वाचन प्रयोगको कार्यनीति संशोधनवादी र दक्षिणपन्थी लाइन हो भनेर पार्टीमाथि प्रहार भइरहेको छ । यदि जनमत रक्षा गर्ने निर्वाचन प्रयोगको कार्यनीति सुधारवादी कार्यनीति हो भने अहिलेको अवस्थामा क्रान्तिकारी कार्यनीति के हो ? बहिस्कार वा खारेजले जनमत रक्षा गर्न सक्ने अवस्था थियो कि थिएन ? निर्वाचन रोक्न सकिने अवस्था थियो कि थिएन ? मतदाता रोक्न सक्ने स्थिति थियो कि थिएन ? पार्टीले स्वतन्त्र उम्मेदवार नउठाएर शुभचिन्तक र समर्थकहरुले एमसीसी पक्षधरलाई भोट हालेको भए कसको सेवा गथ्र्यो ? क्रान्तिको कि एमसीसी पक्षधर दलाल संसदीय पुँजीवादको सेवा गथ्र्यो ? जनमत रक्षा क्रान्तिको तयारी हुन्छ कि प्रतिक्रियावादीहरुको सेवा ? त्यसकारण देशभक्त, स्वतन्त्र उम्मेदवारलाई मतदान गर्नुको अर्थ हो–एमसीसी विरोधीलाई मतदान गरेर दलाल संसदीय व्यवस्थाको विरुद्ध उभिनु । एमसीसी विरोधी उम्मेदवारलाई मतदान गर्नुको अर्थको हो–वैज्ञानिक समाजवादका लागी क्रान्तिको तयारी गर्नु ।कांग्रेस, एमाले, माकेको उम्मेदवारलाई मतदान नगर्नुको अर्थ हो– प्रतिक्रियावादी र संशोधनवाद विरुद्ध एकीकृत जनक्रान्तिको पक्षमा दृढतापूर्वक उभिनु । त्यसकारण क्रान्तिका गफ मात्रै गर्ने हो भने त्यो क्रान्तिकारी ढोङबाहेक केही होइन र हुँदैन । क्रान्तिकारी रोमाञ्चको भरमा कति दिन सोझासाझा र इमान्दार कार्यकर्तालाई गुमराहमा पार्न सकिएला ?

. जुलाई १९०३ मा भएको लेनिनको पार्टीको दोस्रो महाधिवेशनले समाजवादी क्रान्तिलाई आफ्नो रणनीतिक लक्ष्य किटान गरेको थियो । समाजवादी क्रान्तिको रणनीतिमा पुग्नका लागि कैयौंँ कार्यनीतिक चरण पार गर्नुपर्यो तर लेनिनले रणनीतिलाई कार्यनीति बनाउने गल्ती कहिल्यै गर्नुभएन । उहाँले १९०६ मा ड्युमा (संसद)को कार्यनीतिक प्रयोग गर्नुभयो । समाजवादी क्रान्तिको रणनीतिलाई २६ जुलाईदेखि अगस्त ३ (१९१७) मा भएको छैटौँ महाधिवेशनमा गएर व्यावहारिक कार्यनीतिमा परिणत गरियो । छैटौँ महाधिवेशनले सशस्त्र विद्रोहको कार्यनीति पास गर्यो । अक्टोबर १०, १९१७ मा भएको केन्द्रीय कमिटीको बैठकले केही दिनभित्र सशस्त्र विद्रोह सुरु गर्ने फैसला लियो । अक्टोबर २४ तारिखदेखि सशस्त्र विद्रोह सुरु भयो अर्थात् समाजवादी क्रान्तिलाई रणनीति बनाएको १४ वर्षपछि मात्र क्रान्तिको आह्वान गर्नुभन्दा दुई साताअगाडि मात्र त्यो कार्यनीतिक कार्यक्रम बन्यो । यो सन्दर्भलाई जोड्नुको तात्पर्य लेनिनले कार्यनीतिलाई रणनीतिक लक्ष्य प्राप्तिका लागी धैर्यतापूर्वकप्रयत्न गरिरहनुभयो । तर लेनिन कहिल्यै संशोधनवादी हुनुभएन । धर्मेन्द्रहरूलेभनेझैँ लेनिनले परिस्थितिको अतिक्रमण गरेर कार्यनीति तय गरेको भए वा रणनीतिलाई कार्यनीतिक नारा बनाइदिएको भए के रुसमा समाजवादी क्रान्ति सम्भव हुने थियो ? त्यसकारण धर्मेन्द्रहरुले चलाएको पार्टीविरुद्धको भ्रमहरु कुनै सैद्धान्तिक नभएर गुटको विक्षिप्त मानसिकताबाट प्रेरित छ । नेकपाका कार्यकर्ता र शुभचिन्तकहरु यस्ता भ्रमहरुबाट विचलित हुन आवश्यक छैन ।