नेकपा गुल्मीद्धारा धुर्कोट र मदानेमा संगठन विस्तार तीब्र

गुल्मी । नेकपा गुल्मीले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाको वडा नं. ७ मा तीन वटा जबस मोर्चा गठन गरेको छ । 

जिल्ला सेक्रेटरी सुमनको उपस्थितिमा धुर्कोटको अज्मीरकोटमा आयोजित भेलामा युवा संगठन नेपाल गठन भएको हो । सुरेश परियारको संयोजकत्वमा ११ सदस्यीय वडा कमिटि गठन भएको छ । सदस्यहरुमा हरि परियार, प्रकाश परियार, गोविन्द परियार, उमेश परियार, आशिष परियारलगायत युवाहरु रहेका छन् । 

त्यसैगरी ढालबहादुर परियारको संयोजकत्वमा ११ सदस्यीय श्रमिक समुदाय मोर्चा नेपाल वडा कमिटी गठन गरेको छ । सदस्यहरुमा प्रकाश परियार, बीरबहादुर परियार, लट्ट परियार लगायत रहेका छन् । 

त्यसैगरी सरसता परियारको संयोजकत्वमा अखिल (क्रान्तिकारी) टोल समिति गठन गरेको छ । सदस्यहरुमा अस्मिता (क), आशिष, अस्मिता (ख)लगायत रहेका छन् । 
भेलालाई नेकपा जिल्ला सेक्रेटरी सुमन, श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष बसन्त गैरे, युवा नेता शीतललगायतले सम्बोधन गरेका थिए । 
त्यसैगरी नेकपाले मदानेको खोप्चा, कङ्के देउराली, पुर्कोट दह, सौतामारे, धाराचौरलगायतका स्थानहरुमा राजनीतिक प्रशिक्षण एवं संगठन विस्तार समेत गरेको छ । अभियानको क्रममा पार्टी सदस्यता नवीकरण, संगठनका बैठक तथा प्रशिक्षणहरु गरिरहेको छ । 

यसक्रममा सेक्रेटरी सुमनसहितको टिमले जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने गुल्मीका प्रथम सहिद कृष्ण कुँवर (क.नवराज), जगतबहादुर कुँवर (क.संघर्ष) र क.निर्मलाको परिवारलाई समेत भेटघाट तथा राजनीतिक छलफल गरेको छ । यसक्रममा धुर्कोटस्थित किसानको बारीमा मकै गोडेर जनश्रम समेत गरेको छ ।