एकीकृत जनक्रान्तिका सात आधारहरु
१.गाउँ नगर समाजको विकास
२.नयाँ श्रमिक वर्गको उदय
३.विज्ञान र प्रविधिको विकास
४.आर्य, जनजाति, मधेसी र दलित समुदायको बसोवास
५.देशभक्त शक्तिको उपस्थिती
६.भूपरिवेष्टित देश
७.दलाल पुँजीवादी चरित्र
१.गाउँ नगर समाजको विकास : पुँजीवादी राज्यमा मजदुर वर्ग शहर औधौगिक विशेषता मुख्य हुन्छन् भने गाउँ सहायक हुन्छ । तर क्रान्तिमा शहरको भुमिका प्रमुख र गाउँको सहायक हुन्छ । तर नेपालमा सामाजिक विकास नयाँ ठाउँमा पुगेको छ । यहाँ शहर मात्र मुख्य पनि छैन् । गाउँ मात्र मुख्य पनि छैन् । शहरको विकास तीव्र गतिमा भईरहेको छ भने गाउँमा पनि तीव्र परिवर्तनहरु भईरहेका छन् । यहाँ विगतमा जस्तो गाउँ र शहरको बीचमा ठूलो अन्तर छैन् । गाउँ र शहर परस्पर प्रतिस्पर्धामा विकास भई रहेका छन् । त्यसकारण नगर समाजको विकास भएको हो ।
२.नयाँ श्रमिक वर्गको उदय : नेपालमा मध्यम वर्गको संख्या कुल जनसंख्याको २४५ पुगेको छ । अर्थतन्त्र नोकरशाही अर्थ सम्वन्धतिर जानु र बजारमा पुँजी बढ्नुले गर्दा नेपालमा मध्यम वर्ग बढी रहेको छ । निश्चित विन्दुसम्म यसको बढ्दै जानेछ । साना व्यापारी, उधोगी, प्राध्यापक, इन्जिनियर, स्वास्थ्यकर्मी, कर्मचारी, कानुन व्यवसायी, पर्यटन व्यवसायीआदि क्षेत्रमा मध्यम वर्गको विस्तार भैइरहेको छ । त्यसैले दलाल पुँजीवाद विरोधी संघर्षमा मध्यम वर्ग सहयोगी वर्ग हुनेछ र यहि वर्ग नयाँ श्रमिक वर्ग हो ।
३. विज्ञान र प्रविधिको विकास : विज्ञान प्रविधिका क्षेत्रमा क्रान्ति भएको छ । उत्तरसाम्राज्यवादमा निहित युद्ध प्रविधि जनताको हातमा आएको छ र उसको एकाधिकार तोडिएको छ । जनवादी गणतन्त्र कोरिया यसको उदाहरण हो । विज्ञान प्रविधिले मानव समाजमा मानव सम्बन्ध र युद्धको स्वरुपमा समेत अनिवार्य प्रभाव पार्दछ । विज्ञान र प्रविधिका क्षेत्रमा आएको परिवतर्नले कार्य दिशामा समेत प्रभाव पारेको छ । आजको बन्दुकमा साइवर जोडिएको छ । यो निम्न प्रविधि र उच्च प्रविधिको समायोजन हो । सैन्य युद्ध र साइवर युद्धको जोडफल नै एकीकृत जनक्रान्ति हो ।
४.आर्य, जनजाती, मधेसी र दलित समुदायको बसोवास : नेपाल मिश्रीत जातजातीको बसोवास भएको देश हो । यसमा वर्ग दृष्टिले सबै समुदाय र जातिमा शोषक र शोषित वर्ग रहेका छन् र राष्ट्रियताको लडाई वर्ग सङ्घर्ष लडाईभन्दा बाहिर गएर विजय हुँदैन । यी दुईबिच अन्तरसम्बन्ध रहेको छ । यसको हल वर्ग सघंर्षले मात्र गर्दछ । यसको नेतृत्व एकीकृत जनक्रान्तिले मात्र गर्न सक्दछ ।
५.भूपरिवेष्टित देश : नेपाल भौगोलिक रुपले सानो र भूपरिवेष्टित देश हो । एक तर्फ चीन र तीन तर्फ भारतले घेरिएको छ । भारतले दर्जनौ असमान सन्धी सम्झौतामा नेपाललाई बाधेर राखेको छ । राज्यका सबै निकायमा दलालहरुले अड्डा जमाएका छन् । आर्थिक पराधिनता, सास्कृतिक पराधिनता प्रकट भएको छ । यसले गर्दा जनयुद्ध वा जनविद्रोह भन्दा फरक एकिकृत जनक्रान्तिको कार्य दिशा आवश्यक रहेको छ ।
६.देशभक्त शक्तिको उपस्थिती : नेपालमा देशभक्त र राष्ट्रघाती शक्तिबिच तीव्र अन्तर विरोध चलिरहेको छ । नेपाली जनता साम्रराज्यवाद सगँ कहिल्यै नझुकेको इतिहास छ र नेपालमा अंग्रेज युद्ध त्यही कारण भएको हो । देशभक्त र दलाल धारा बिचको सघंर्षकै कारण नेपालको स्वतन्त्र अस्तित्व कायम छ ।
७..दलाल पुँजीवादी चरित्र : नेपालमा सुगौलीसन्धी पछि दलाल पुँजीवादको प्रवेश भएको हो । कोत पर्व पछि यसको जरा अझ शक्तिशाली भयो । सन् १९५० को सन्धीपछि नेपालमा भारतीय एकाधिकार र पुँजीवादको नियन्त्रण अझ बलियो बन्यो । यो सबै नेपालका शाषक वर्ग भारतीय दलाल बन्नु हो । अहिलेको नयाँ उदाहरण नेपालको सरकारले सैन्य रणनिति अन्तरगतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ल्याउनु हो ।
नेपालमा वैज्ञानिक समाजवादी व्यवस्थाको लागी माथी उल्लेखित एकीकृत जनक्रान्तिका सात आधारहरुद्धारा वर्गसघंर्ष चलाउनुपर्दछ ।
प्रतिक्रिया राख्नुहोस्