पेट्रोलियम पदार्थ मुल्यबृद्धि खारेजीको माग गर्दै १५ विद्यार्थी संगठनद्वारा ध्यानाकर्षण पत्र पेश

 पेट्रोलियम पदार्थ मुल्यबृद्धि खारेजीको माग गर्दै १५ विद्यार्थी संगठनद्वारा ध्यानाकर्षण पत्र पेश


बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सहित १५ विद्यार्थी संगठनहरुले नेपालीको जनजीवनमाथि राज्य गैर- जिम्मेवारपन बन्दै पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि पूर्ण रुपले खारेजको माग आपूर्ति मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

१५ विद्यार्थी संगठनहरुले जनतालाई राहत दिने विषयमा राज्यको पूर्ण प्रतिबद्धताको मागसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरुले जनताको ढाड सेक्ने गरि दिनप्रतिदिन पेट्रोलियम पदार्थमा मुल्यबृद्धि गरेर जनताको जनजीविकासँग खेलवाड गर्ने कुरा राज्यलाई महँगो पर्ने चेतावनी समेत दिएका छन् ।