रामेछापमा मतपेटीका  बोकेको बा ७ ख ३५०४ नम्बरको गाडि  दुर्घटना

बुटवल । रामेछापमा मत पेटीका बोकेको गाडी दुर्घटना भएको छ । 

रामेछाप नगरपालीका– १ बाट मत पेटिका बोकेर ल्याउदै गरको गाडि दुर्घटनामा परेको हो ।

मतपत्र बोकेको बा ७ ख ३५०४ नम्बरको गाडि दुर्घटना दुर्घटना हुँदा ३ जना सुरक्षाकमी घाइते भएको प्रहरीले जनाएको छ । 

उक्त दुर्घटनामा एउटा मतपेटीकाको सिसा फुटेको र अरु मत पेटिकामा क्षती नभएको बताइएको छ ।

दुर्घटना स्थलमा मुचुल्का उठाएर मात्र मतपेटिका नगरपालीकको मत गणनास्थलमा लगिने प्रहरीले जनाएको छ ।