स्थानीय तहको निर्वाचनमा ४१ केन्द्रको मतदान रद्ध

बुटवल । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा ४१ वटा केन्द्रको मतदान रद्ध भएको छ ।

तीमध्ये अधिकांश स्थानमा झडपका घटना भएका छन् । दोहोरो झडपपछि कतिपय स्थानमा गोलीसमेत चलेको छ ।

ती स्थानमा मतदान प्रक्रिया रद्ध गरिएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । आयोग स्रोतले दिएको जानकारीअनुसार २६ स्थानका ४१ केन्द्रको मतदान स्थगित भएको छ ।