बिहान ६ बजेदेखि देशभर गाडी चलाउन रोक

बुटवल । आज हुन गइरहेको पालिका चुनावको लागि आज बिहान ६ बजेदेखि देशभर गाडी चलाउन रोक लगाइएको छ ।
चुनावको बेला आचारसंहिता उल्लङ्घन र अरु अप्रिय घटनाहरु नहुन् भनेर आज बिहान ६ बजेदेखि बेलुका मतदानको समय नसकिउञ्जेल दुई पाङ्ग्रे लगायत सबै गाडीहरु चलाउन रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

एक ठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा गएर भिड जम्मा नगर्न तथा अनावश्यक प्रभाव पार्ने काम रोक्न गाडी चलाउन बन्द गर्नुपरेको गृह मन्त्रालयको भनाइ छ । यो अवधिमा अत्यावश्यक गाडी चाहिँ सञ्चालन हुनेछन् ।

 एम्बुलेन्स, शव वाहन, दूध तथा तरकारी बोकेका गाडी लगायत अत्यावश्यकीय सेवाका गाडीलाई पास चाहिँदैन । अरु आवश्यक सेवाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन आयोगको कार्यालयबाट पासको व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ ।