एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशको सम्पदा यात्रा (हेरिटेज वाक)- २०२२ कार्यक्रम सप्पन्न

एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशको सम्पदा यात्रा (हेरिटेज वाक)- २०२२ कार्यक्रम सप्पन्न

बुटवल । एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशले सम्पदा यात्रा (हेरिटेज वाक)- २०२२ कार्यक्रम सप्पन्न गरेको छ ।

बिश्व सम्पदा दिवस -२०२२को अवसरमा  एनएमएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशका शाखाहरुका कर्मचारीको सहभागीमा हेरिटेज वाक कार्यक्रम सम्पन्न  गरेको हो ।

करिब १५० जना कर्मचारीको सहभागीता रहेको कार्यक्रममा सहभागीले सम्पदा संरक्षण गरौ, सम्पदा जोगाऔ लगायतका नाराहरु रहेका प्लेकार्डहरु बोकेका थिए ।

बुटवल ट्राफिकचोक स्थित एनएमबि बैकको कार्यालयबाट  शुरु भएको पदयात्रा बुटवलको राममन्दिर लाइन, अमरपथ, हाटबजार, पुलचोक, पारी बुटवल( पुरानो बुटवल) हुदै ऐतिहासिक किल्ला जितगढीमा गएर बिसर्जन  भएको थियो ।

कार्यक्रममा बोल्दै एनएमबि  बैंक लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख नबिन बिष्टले एनएमबि बैंकले २०११ देखि सम्पदा संरक्षण सम्बन्धि सचेतना जगाउने, सम्पदा संरक्षण गर्ने र नयाँ पुस्तामा सम्पदाको महत्त्व एवं जानकारी गराउने उदेश्यले हेरिटेज वाक कार्यक्रम गर्दै आएको र तदअनुरुप आफुहरुले पदयात्रा  कार्यक्रम गरेको जानकारी दिनुभयो ।

उहाले  प्राकृतिक सम्पदा, मानवनिर्मित सम्पदा र परम्परागत सस्कृतिलाइ महत्त्व दिदै तिनाउ नदिको तटमा अबस्थित ऐतिहासिक  जितगढि किल्लामा मौलिक बाजगाजाको साथमा पदयात्रा गरिएको बताउनु भयो ।

कार्यक्रममा एनएमबि बैंकले जितगढि संरक्षण समितिलाइ डस्टबिन, नेपालको राष्ट्रिय झन्डा, ऐतिहासिक दृश्य झल्काउने फोटोफ्रेम( तस्वीरहरु) र मायाको चिनो हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा प्रदेश कार्यालयका जोखिम प्रबन्धक कमल न्यौपाने, क्षेत्रीय प्रबन्धकहरु युवराज पाठक, प्रभात सिंह खाती, संचालक प्रबन्धक सुन्दर थापा लगायत लुम्बिनी प्रदेशका शाखाका प्रबन्धक एवं कर्मचारीहरुको सहभागीता रहेको थियो ।

एनएमबि बैंकले २०१७,२०१८, २०१९, २०२१ मा बैंक अफ द इयर नेपाल  तथा नेपालका बैंकहरुबाट पहिलोपटक २०२१ मा बैंक अफ द इयर  एसियाको उपाधी चुम्न सफल भएको थियो ।