मुगुका महिला कृषकहरु च्याउ खेतीमा रमाउदै

बुटवल । परम्परागत रुपमा गरिएका कृषिले जीविकोपार्जन गर्न मुस्किल हुन थालेपछि मुगुका महिलाहरु व्यावसायिक च्याउ खेती तर्फ आकर्षित भएका छन् ।

छाँयानाथ रारा नगरपालिका–६ का महिलाहरुले समुह बनाएर च्याउ खेती सुरु गरेका हुन् । नयाँ कृषिकर्मबाट आत्मनिर्भर बन्न सहज हुने भएकाले समुहमा आबद्ध भएर च्याउ खेती गर्न लागेका समुहका महिलाहरुले बताएका हुन् ।

आधुनिक च्याउ खेती सुरु गरेपछि आफ्ना आधारभूत आवश्यक्ता देखि अतिरिक्त आम्दानी हुने उनीहरु बताउँछन् । आधुनिक च्याउ खेती सँगै परम्परागत खेती बालीलाई पनि निरन्तरता दिँदै आएका छन् ।
मुगुमा उत्पादीत च्याउको प्रतिकिलो पाँच सय रुपैँयामा किनबेच हुने गरेको महिला कृषकहरु बताउँछन् ।

मुगुको हावापानी च्याउका लागि उपयुक्त रहेको विज्ञहरू बताउँछन् ।
प्राविधिक दृष्टिले मुगुमा च्याउ खेतीको लागि फागुनदेखि भदौसम्मको समय ठिक हुने उनीहरूको भनाइ छ ।