बोराको पिपिइ

परासी जिप्रका हिरासतमा रहँदा मिना महतले उच्च अदालत बुुटवल तुल्सीपुर इजलासमा बन्दीप्रत्यक्षीकरणको रीट हालेपछि असोज ९ गते अदालत उपस्थित गराउनै पर्ने भयो । बिहान खाना खाएपछि मलाई उच्च अदालत जान तयार हुनको लागि जानकारी दिए ।

एउटा प्लाष्टिकको पोको, जसमा बोराको सिलाइएको पिपिए रहेछ । त्यो देखेर म छक्क परेँ । सुरूमा त अलमलिएँ पनि । मेसो पनि पाइनँ ।

एकजना असइले भने, “पिपिइ हो । लगाऊ । डराउन पर्दैन भने । उनले अदालतले पिपिइ लगाएर ल्याउन भनेको छ । त्यहीँ भएर तिमीले यो लगाएर जानुपर्छ ।” त्यसपछि मैले बोराको त्यो पिपिइ र फेस शिल्ड लगाएर अदालत जान तयारी भएँ ।

पिपिइ लगाएपछि त निकै गर्मी पो ग¥यो त ! पिपिइ भित्र छोटो बाहुला भएको कमिज लगाएको थिएँ । पिपिइले त पाछ्न पो थाल्यो, त्यो चर्को घाममा ! खलखली पसिना आयो । पसिनाले बर्षात्को पानीमा भिजेझैँ पो भएँ । र अदालत आइपुग्यौँ । झण्डै चारघण्टा अदालत परिसरमा बोराको पिपिइ लगाएर बस्नुप¥यो । त्यो चर्को घाममा  निकै उकुसमुकुस भयो ।


बोराको पिपिइ लगाउँदा मलाई गाउँको श्री भानु प्राविमा पढ्दा ताकाको क्षण याद आयो । दुई तीन कक्षामा पढ्दा हो कि जस्तो लाग्छ । बोराको झोलामा किताब, कापी बोकेर केही समय स्कुल गएको सम्झना छ । बोराको झोला बोक्न रहर पनि गरिन्थ्यो । त्यतिबेला प्रायः जसो घरमा बोराको झोला हुन्थे ।

अहिले भने खासै भेटिदैनन् । त्यसताका डाँडाघरे साँइला बाजेको बोराको सुर्के झोला थियो । जुन गोरू गोठालो जाँदा बोकेर गइन्थ्यो । त्यो झोला, असाध्यै मन परेको झोला थियो । त्यो झोला रहरैले निकै बोक्यौँ पनि । त्यो सुर्के झोला अझै छ होला कि छैन होला † त्यो सम्झेर बोराको पिपिइ लगाउँदा भने एकचोटी त रमाइलो पनि लाग्यो । मधेशतिर बोराको झोलाको प्रयोग निकै हुने गरेको मैले देखेको छु ।


‘नेपालमा बनेको पिपिइ ! स्वदेशी उत्पादन ! आहा ! नेपाली पिपिइ !’ फ्याट्ट यस्तै उपद्रे सोचाइ आयो । हाँसो आयो । तर हासिनँ । र, यतिखेर हाँस्ने बिषय थिएन पनि । उतिबेला बोराको झोला बोक्नु रहरको बिषय थियो । अर्थात् बाध्यतामा रहर मिसिएको थियो । अहिले बोराको पिपिइ लगाउनु बाध्यताको बिषय थियो । बोराको पिपिई बनाउनु पर्ने अवस्था राज्यको दयनीय आर्थिक अवस्थाको वास्तविक चित्र हो कि । त्यो त उनैले जानून् ।


बरू महत्वपूर्ण प्रश्न यो हुनुसक्छ कि बोराको पिपिईले कोरोना भाइरस आपसमा सर्नबाट जोगाउँछ त ? यदि जोगाउँथ्यो भने यसको निकै प्रयोग हुँदो हो वा हुनुपर्ने हो । सारा विश्वले प्रयोग गर्नुपर्ने हो अर्थात् पिपिईको अभाव नहुँदो हो । यदि जोगाउँदैन भने मलाई किन लगाइदिए होलान् ? धत् कति हास्यास्पद !

(प्रतिबन्धको बेला गिरफ्तार भएपछि लेखिएको संस्मरण)