रुसी मुद्रामा भुक्तानी नगरे इन्धन कटोती गर्ने रुसको चेतावनी

एजेन्सी । युक्रेनमाथि रुसी हमलाको ५ औँ हप्ताको अवधिमा रुसले पश्चिमा मुलुकहरुलाई इन्धनको भुक्तानी रुसी मुद्रा (रुवल) मै गर्नुपर्ने, अन्यथा वितरण बन्द गरिदिने चेतावनी दिँदै रुसी राष्ट्रपति पुटिनले एक आदेशमा हस्ताक्षर गरि शुक्रवारदेखि नै कार्यावन्यन हुने उर्दी जारी गरेको बताइएको छ ।

जारी उर्दीमा भनिएको छ, इन्धनको भुक्तानी महिनाको अन्तमा गरिने हुँदा तत्कालै इन्धनको अभाव भने शुरु नहने बताउदै मूल्यमा भने व्यापक परिवर्तन हुन सक्ने बताइएको छ । 
रुसले जारी गरेको नयाँ भुक्तानी प्रणालीले र्पूण रुपमा यूरोलाई प्रतिबन्ध गर्न खोजिएको हो वा होइन भन्ने खुल्न सकेको छैन ।

आदेशमा भनिएको छ, ‘कसैले पनि हामीलाई कुनै पनि कुरा सित्तैमा बेच्दैन र हामी पनि परोपकारी कार्य गर्ने छैनौं, अर्थात विद्यमान सम्झौताहरु रोकिनेछन् ।

पश्चिमा मुलुकहरुले हाल रुसलाई ग्यास र इन्धनको यूरो वा अमेरिकी डलरमा भुक्तानी गर्दै आएका छन् । अहिले सम्म युरोपेली राष्ट्रहरुले आयात गर्ने ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल रुसबाट लाने गरेका छन् ।

पुटिनले हाल जारी गरेको उक्त निणर्यलाई युक्रेनमाथिको हमला पश्चात पश्मिी मुलुकहरुले रुसमाथि लगाएको प्रतिबन्धको कारण प्रभावित अर्थतन्त्रलाई सुधार्ने प्रयासको रुपमा लिइएको छ भने फ्रान्स र जर्मनीले भने रुसको उक्त निणर्यलाई ब्ल्याकमेलको संज्ञा दिएका छन् ।