भुमिकास्थान नगरपालिकामा धेरै विकासका काम हामीले गरेका छौ ः  नगर प्रमुख थापा

भुमिकास्थान नगरपालिकामा धेरै विकासका काम हामीले गरेका छौ ः  नगर प्रमुख थापा

सामान्य परिबारमा जन्मिएर पनि जनताको सेबामा सदैब सहयोग गर्ने सकल्प भाबना र विचार भएका भुमिकास्थान नगरपालिका नगर प्रमुख रेशम थापा सानै देखि हुने बिरुवाको चिल्लो पात भनेझै सानो देखि नै सामाजिक काममा घट्नु भएको थियो गएको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको रुपमा निर्वाचित भइसेकपछि नगरको विकासमा दिनरात नभनी खट्नुभएका नगर प्रमुख, पत्रकार अनिल नेपालीले गरेको कुराकानीको सक्षिप्त अश 

स्थानीय सरकारको अभिभाबक पनि हुनुहुन्छ सघीयताले थेग्न सक्दैन भन्ने आवाज पनि बेला बेलामा सुनिने गरेको छ स्थानीय सरकारको संस्थापक नेतृत्व भएका आधारमा तपाईलाई के भन्न चाहान्नुहुन्छ ?

मलाई संघीयता थेग्न सकिँदैन भन्ने लाग्दैन । पछिल्ला समयमा देखिएका क्रियाकलापले संघीयता आवश्यक छैन भन्ने कतिपयलाई लागेको हुन सक्छ । समग्र विकासको लागि सघीयताको आवश्यकता छ वास्तवमा संघीयताको मर्मअनुसार काम गर्ने हो भने संघीयता आफैंमा नराम्रो होइन । हामीले स्थानीय सरकारका रूपमा संघीयतालाई बलियो बनाउन जनमुखी काम गर्दै आएका छौं । स्थानीय सरकार संघीयताको खास जग हो । अहिले स्थानीय सरकार आएपछि जे-जस्ता काम भएका छन्, ती काम हिजो हुन सकेका थिएनन् । म त स्थानीय सरकारलाई अझै अधिकार सम्पन्न बनाउनुपर्छ भन्छु । 

स्थानीय सरकारको नेतृत्वको रुपमा तपाईको पहिलो कार्यकाल सकिँदै गर्दा तपाईको पालिकाको खास पहिचान र सार्मथ्य के बताउनुभयो ?

लामो समयदेखि जनप्रतिनिधि विहिन रहेको अबस्थामा हामी निर्वाचित भएर आईसकेपछि भुमिकास्थान नगरपालिकामा  मानवीय तथा भौतिक स्रोत-साधनको कमीलगायतका तमाम समस्या र चुनौतीबाट माथि उठेर हामीले यसबीचमा भौतिक पुर्वाधार शिक्षा स्वास्थ्य खानेपानीमा जति काम गर्यौं, ती कामले यहाँका जनताको परिवर्तनप्रतिको तीव्र चाहनालाई सम्बोधन गरेका छौ । 

भुमिकास्थान नगरपालिकामा जनताका आमअपेक्षा र अप्ठेराहरुलाई कसरी सम्वोधन गनुभयो ?

मानबका आवश्यकता असिमित हुन्छन् ती आबश्यकतालाई साझा बनाउने उदेश्य सहित हामी निर्बाचित भईसकेपछि यहाँ भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रूपान्तरणको क्षेत्रमा थुप्रै रचनात्मक काम भएका छन् । यो अवधिमा गरेका कामहरूले भुमिकास्थान नगरपालिकालाई  रूपमा एउटा नमुना नगरका रूपमा चिनाएको अनुभव छ ।

आमअपेक्षा र अप्ठेराहरूलाई कसरी सम्बोधन गरियो ?

केन्द्रितकृत सत्ता स्थानीय तहमा आईसकेपछि सिहदरबारको अधिकार गाँउमा आएपछि नगरवासीमा धेरै आशा र अपेक्षा हुनु नौलो विषय थिएन । लोकतन्त्रलाई सामाजिक जीवन पद्धतिका रूपमा स्थापित गर्दै शासकीय व्यवस्थामा आएको परिवर्तनको अनुभूति सबै नगरवासीले गर्न सकून् भन्नेमा हामी सधैं प्रयत्नशील रह्यौं । त्यही अनुसारको नगरको विकासमा हामी जनप्रनितिधि लाग्यौं ।

चुनाबी धोषणापत्रमा बाचा गरिएका तपाईका प्रमुख प्राथमिकता के थिए ? तपाई निर्वाचित भए पचि के के काम गनुभयो ? 

हामीले चुनावी घोषणापत्रमा यहाँको भौतिक पूर्वाधारको विकास, सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धि, स्वास्थ्य क्षेत्रको सबलीकरण, कृषि क्षेत्रको उत्थान, सुशासन, भ्रष्टाचार भुक्त नगरपालिका वातावरण संरक्षण जस्ता विषयलाई प्राथमिकतामा राखेका थियौं । 

यसपालि तपाईले गर्ने ईच्छा हुदा हुदै पनि गर्न नसकेका कामहरु के कै हुन् ?

सघीय सरकारबाट हुन पर्ने बजेट नहुँदा जनताले चाहेअनुसार विकास निर्माणका काम गर्न सकिएन त्यही पनि जनताको सकारात्मक सोचका कारणले स्थानीयको साथ, सहयोग र सहकार्य अनुसार काम गर्दा जनसमर्थन प्राप्त गरेका छौ । हामीले गर्न चाहेका कतिपय कामहरू नीतिगत कारणले पनि गर्न नसकेका छौं ।

संघ र प्रदेश सरकार सँग आशा अपेक्षा के के थिए कति पुरा भए ? अनि संवैधानिक, कानुनी र व्यवहारगत जटिलता के-कस्ता आइपरे ?

संघ र प्रदेश सरकार सँग स्पष्ट निति हुदाहुदै पनि राजनितिक दाउपेजका आधारमा आम्दानी नै नभएका हेर्ने दृष्टिकोणमा परिबर्तन हुन सकेको छैन केही संवैधानिक, कानुनी अड्चनहरू छन्, जुन हामीले काम गर्दैै गर्दा भोग्यौं । कतिपय विषयमा अधिकारको बाँडफाँटसँग सम्बन्धित जटिलताहरू देखिएका छन् । सार्वजनिक खरिद ऐनसँग सम्बन्धित केही व्यावहारिक जटिलता छन्, काम गर्ने सन्दर्भमा । 

तपाई संघीयताको पहिलो अभिभाबक भएकोले अब आउने नेतृत्वलाई तपाईले के सुझाब दिन चाहानुहुन्छ ?

जनप्रतिनिधिका रूपमा काम गर्दा मैले गरेको अनुभव के हो भने इच्छाशक्ति भए परिवर्तन सम्भव छ । वास्तवमा स्थानीय सरकार भनेको जनताको सुख, दुःखको साथी हो । स्थानीयको साथ, सहयोग र सहकार्य अनुसार काम गर्दा जनसमर्थन प्राप्त हुँदो रहेछ । कतिपय काम गर्दा सीमित व्यक्ति असन्तुष्ट हुन सक्छन् तर त्यो कामले बहुसंख्यकलाई हित र नगरपालिकालाई स्थापित गर्छ  भने हामीले त्यो काम गर्नुपर्छ । यसरी असल नियतले बहुसंख्यकलाई हित गर्नेगरी असल, नयाँ, र जनताको मनछुने काम गर्नुपर्छ भन्ने मेरो सुझाव छ ।

 अन्त्यमा के भन्न चाहानुहुन्छ ?

हम्रो भुमिकास्थान नगरपालिका र मेरो आवाजलाई जस्ताको तस्तै मिडिया मार्फत सुम्पने अबसर प्रदान गर्नुभएकोमा तपाई र मिडियालाई हार्दिक धन्यबाद दिन चाहान्छु आगामी दिनमा मिडियाको उच्च सफलताको शुभकामना समेत ब्यक्त गर्दछु ।