'भ्युटावर'

धरहरा ठडियो सुकुम्बासीको गोठ ठडिएन
अठोट गरेको बाचाहरूको अठोट ठडिएन


पुँजीवादी सत्ताको ठुटो उभियो हाम्रै आँगनमा
रगत पसिनाले सिँचेको क्रान्ति बोट ठडिएन


सिक्किममा लेण्डुपे विस्तारवाद ठडियो
तिब्बतमा दलाई ठडियो भोट ठडिएन


सत्तामा सधै सामन्तको परिधि बढिरह्यो
आकासमा लाल षट्कोण ठडिएन


कविको कविताले दुख्ने कमरेडको मुटुमा
शासकले मुराले बजाएको चोट ठडिएन ?