अखिल (क्रान्तिकारी) छात्रा विभाग नवलपरासीद्वारा सुनवलमा सचेतनामुलक कार्यक्रम

अखिल (क्रान्तिकारी)  छात्रा विभाग नवलपरासीद्वारा सुनवलमा सचेतनामुलक कार्यक्रम

बुटवल । अखिल (क्रान्तिकारी) नवलपरासी, छात्रा विभागद्धारा मार्टज मेमोरियल इङलिस बोर्डिङ स्कुल, सुनवलमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । 

शैक्षिक विकृति, विसङती तथा समसामयिक विषयहरुको बारेमा बोल्दै साया किरणले भन्नुभयो, “छात्रा माथी हुने सबै किसिमका अपराधीक घटनाहरुलाई समयमा नै पत्ता लगाइ कानुनी दायरामा ल्याउन पहल गर्नुपर्दछ । छात्रा भएकै कारण शरिरमा सम्भावित मृत्यु बोकेर हिड्नु पर्ने यस समाजमा बाँच्नु पर्ने बाध्यता चिर्न र आफ्ना हकअधिकार प्राप्तीको निम्ति लड्न सक्नुपर्छ ।”


 साथै यौन हिसांमा परेका महिलाहरुलाई समाजमा सहजता पुर्वक बाँच्ने अवस्था सिर्जना गर्नु पर्ने, बलात्कारीलाई कानुन बमोजिम सजायको भागेदार गराउनु पर्ने र यदि आफू माथी पनि यौनजन्य दुर्ववहार भएको खण्डमा निडर भएर कारबाहीको लागि पहल गर्नुपर्ने समेत बताउनु भयो साथै छात्राहरु माथी हुने यस्ता जघन्य अपराधका विरुद्ध छात्रहरुले समेत पहल गर्नु पर्ने विषय प्रस्तुत गर्नुभयो । 


पुरुषप्रधान समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण र यसलाई परिवर्तन गर्न नयाँ पुस्ता माथी आएको जिम्मेवारी बोध गराउदैँ आफ्नो लागि आफैं लड्नुपर्छ। भन्दै आफू माथि हुन सक्ने सम्भावित यौन हिसांबारे पनि सचेत गराउनु भयो ।