पुरुष जस्तै सरर गाडी चलाउने रहरमा  महिला पनि ड्राईभिङ्ग सिक्दै ’

कालीबहादुर नेपाली हाम्रो पहुँच संवादाता  जाजरकोट । जाजरकोटका ग्रामीण भेगका महिलाहरु सधैं चुलो चौखोमा मात्र सीमित हुने गरेका छन् । उनीहरुले व्यवसायिक सीप सिक्न पाएका समेत छैनन् । सीप सिक्नका लागि अवसरको प्रखाईमा छन् । महिलाहरु कति घरधन्दाको काम मात्र गर्ने व्यवसायिक सीप सिकेर आत्मनिर्भर किन नहुने भन्ने सोचका साथ आफुले ड्राईभिङ्ग तालिमको माग गरी सञ्चालन गरेको कुशे लघु घरेलु सहकारी संस्था लिमिटेडका प्रवन्धक शिला विश्वकर्माले बताईन् ।

‘महिलाहरु पनि पुरुष जस्तै गरी जीविको पार्जन गरी आत्मनिर्भर बन्न सक्छन्, कहिले सम्म घरायसी काममा मात्र महिला रहने भन्ने सोचका साथ सामाजिक विकास कार्यालयमा मैले तालिम माग गरेकी थिए’ उनले भनिन्, ‘जाजरकोटका हरेक गाउँमा महिलाहरु बेरोजगार बसिरहेका छन्, उनीहरुले सीप सिकेर आत्मनिर्भर बनोस् भन्ने हेतुका साथ ड्राईभिङ्ग तालिमको आयोजना गरिएको हो ।’ तालिमको शुरुमा केहीगर्न सकिदैन् भन्दै दुःख व्यक्त गर्ने महिलाहरु अव केही गर्न सकिन्छ भन्ने आँट गरिरहेका छन् ।

बारेकोट गाउँपालिका १ रामीडाँडाकी गोपी विकको आजभोली गाडीको ह्यान्डल समातेर दैनिकी वित्छ । विहान उठेर खाना खाएपछि उनी ड्राईभिङ्ग सिक्न तालिम केन्द्रतिर लाग्छिन् । पुरुष जस्तै गाडी चलाएर दैनिकीविताउने सपना बुनिरहेकी छिन् ।उनले भनिन्, ‘निकै खुशीलागिरहेको छ, महिलाहरु कति चुलो चौखोमा सीमित रहने, पुरुष जस्तै गाडी चलाएर जीन्दगी विताउने ठुलो सोच छ ।’ उनी जस्तै,कुशे गाउँपालिका ७ समाकोटकी धनसरा नेपालीले पनि ड्राईभिङ्ग सिकिरेकी छन् । ‘मलाई निकै खुशी लागिरहेको छ, मैले जीन्दगीमा कहिल्यै सोचेकी थिईन् यस्तो अवसर आउँछ भनेर, उनले भनिन्, ‘अहिले सिकेर सधैं गाडी चलाउने ठूलो रहर छ ।’ उनीहरु त उदाहरण पात्र मात्र हुन् ।

जिल्लाका सात वटै पालिकाका १५ जना महिलाहरुले यति वेला ड्राईभिङ्ग सिकिरहेका छन् । सामाजिक विकास कार्यालय जाजरकोटको आर्थिक सहयोग र कुशे लद्यु घरेलु सहकारी संस्था लिमिटेडको समन्वयमा भेरी नगरपालिका १ काले गाउँमा उनीहरुले गाडीको ह्यान्डल घुमाईरहेका छन् ।
 
जिल्लाका सात वटै पालिकाका १५ जना महिलाहरुले यति वेला ड्राईभिङ्ग सिकिरहेका छन् । सामाजिक विकास कार्यालय जाजरकोटको आर्थिक सहयोग र कुशे लद्यु घरेलु सहकारी संस्था लिमिटेडको समन्वयमा भेरी नगरपालिका १ काले गाउँमा उनीहरुले गाडीको ह्यान्डल घुमाईरहेका छन् । गाउँ घरमा अहिले पनि कुरा काट्नेको कमी छैन, महिलाहरुले पनि ड्राईभिङ्ग गर्न सक्छन् र ? तर आफ्नो मनोवललाई उच्च बनाएर तालिम लिईरहेको बारेकोट ८ सक्लाकी कल्पना विकले बताईन् ।

उनले भनिन्, ‘सदरमुकाम खलंगामा भाडामा बसिरहेकी थिए, दिदीहरुले तालिम खुलेको छ भनेपछि मैले पनि तालिममा भाग लिएकी हुँ, सधैं ड्राईभिङ्ग गरेर जीन्दगी पाल्ने सोच बुनेकी छु ।’ भेरी नगरपालिका ३ स्यालाकी हजारी विकले पनि तालिम लिईरहेकी छन् । उनले भनिन्, ‘सुरुमा मलाई गाडी चलाउन सक्छु जस्तो लाग्थेन्, दुई दिन सम्म लगातार सिक्दा, अव जिन्दगीमा केही गरेर खान सक्ने आँट आएको छ ।’

तालिममा ड्राईभर बलवीर विकले सहजीकरण गरिरहेका छन् । सिकारु महिलाहरुमा केही गर्न सक्छु भन्ने विश्वास रहेको विकले बताए । तालिम एक महिना सम्म चल्नेछ ।