नेकपा अर्घाखाँचीद्वारा नरपानी चुनढुङ्गा उत्खनन कार्य बन्द

सन्धिखर्क । अर्घाखाँचीको नरपानीमा रहेको चुनढुंगा उद्योग नेकपाले बन्द गराएको छ । भुगर्भ सिमेन्ट उद्योग प्रालिले उत्खनन गर्दै आएको चुनढुंगा खानी बन्द गराएको हो । 
नेकपा अर्घाखाँची सेक्रेटरी माहुरीको नेतृत्वमा गएको टोलीले कालो ब्यानरसहित स्थानीय जनताको सहभागितामा कोणसभा गरेर बन्द गराएको हो । 

सेक्रेटरी माहुरीले चुनढुंगा उत्खनन अबैध भएको भन्दै यसले इआइएको मापदण्ड समेत पुरा नगरेको बताउदै यसले प्रकृति र मानवजातिमा प्रत्यक्ष असर गरिरहेको बताउनुभयो । उहाँले जैविक विविधताको संरक्षण राज्यले गर्नुपर्नेमा दोहन गरेर पानीको मुहान सुकाउने, वातारणीय प्रदुषण बढाउने र सिंगै बस्तीलाई जोखिममा पर्ने कार्य गरेकोले यसलाई बन्द गरिएको बताए । उहाँले केही दलाल र तस्करहरुले चुनढंगाको अबैध उत्खनन गरेर दोहन गरिरहेको भन्दै यसको नरोकिए प्रतिरोध गर्ने बताए । 

खानी बन्द गराउन नेकपा जिल्ला सेक्रेटरी माहुरीसहित, जिल्ला सदस्य नवीनलगायत नेता कार्यकर्ता र स्थानीयको सहभागिता रहेको थियो । उद्योगले खानी तथा भुगर्भ विभागका निर्देशक र कर्मचारी, केही राजनीतिक दल, प्रशासनलाई प्रभावमा पारेर चुनढुंगा उत्खनन गरिरहेको बताइएको छ ।

खानी बन्द गराउनुका कारणहरु :
– खानेपानीको मूल सुक्न सक्ने, 
–प्रदुषण न्यूनीकरण गर्न EIA को मापदण्ड कडा बनाउनु पर्ने र पालना गर्नुपर्ने, 
–कृषिलाइ असर पर्न सक्ने, 
–उत्खननबाट उत्पन्न भएको विकारक धुलो÷माटोको उचित ब्यबस्थापन हुनपर्ने, 
–जैविक विविधताको उचित संरक्षण हुनपर्ने, 
–बसोबास क्षेत्रलाइ प्रभाव पर्न सक्ने, 
–स्थानिय चरण क्षेत्र तथा बन पैदावारको आपूर्तिमा नकारात्मक असर पर्ने, 
–साविकको अड्गुरी गाविस र शितगङ्गाको भू–बनोटको कारण उत्खननबाट over–burden बहने दिशामा पर्ने हुँदा आवादी तथा खेतीयोग्य जमिनमा समेत नकारात्मक असर पर्ने, 

–श्री भृकुटी निमावि आदर्श मावि र शिव मदन उच्च मावि उत्खनन कार्यले गर्दा उत्पन्न भएको ध्वनिले पठनपाठनमा असर गरेको, उत्खनन भइरहेको क्षेत्रको ठिक तल बिद्यालय रहेकोमा ढुंगा खसी बिद्यार्थीहरुलाई लाग्न सक्ने सम्भावना रहेको, धुलोधुँवाले गर्दा बिद्यार्थीहरु बिरामी हुने गरेको भनि समस्याहरु पहिचान भएका छन् ।